दक्षिण कोरियाले ग-यो अहिलेसम्मै उच्च निर्यात

दक्षिण कोरियाले सन् २०१८ मा अहिलेसम्मकै सबैभन्दा बढी निर्यात गरेको छ ।

त्यहाँको व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालयले  जनाए अनुसार दक्षिण् कोरियाबाट ६ सय अर्ब अमेरिकी डलर भन्दा बढी रकमको निर्यात  भएको यो पहिलो पटक हो । अमेरिका, जापान, चीन, जर्मनी गरी जम्मा ६ वटा मुलुकमा मात्र दक्षिण कोरियाले ६ सय अर्ब डलर भन्दा बढीको निर्यात गरेको छ ।   

विश्व बजारमा यस वर्ष अत्याधिक माग रहेको सेमिकन्डक्टर्स, मेसिनरी र पेट्रोकेमिकल्सको उत्पादनमा वृद्धि भएकाले नै कोरियाले यस वर्ष निर्यातमा उल्लेख्य उपलब्धि हाँसिल गरको हो । 

विश्वका सात सर्वाधिक उच्च निर्यात गर्ने मुलुकमध्ये कोरिया चौथो हो ।दक्षिण कोरियाले अन्य देशमा सामान निर्यात गर्न थालेको ७ दशक पूरा भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?