नरेन्द्र मोदीको भूमिका निभाउँदै विवेक ओवराय

मुम्बई । बलिउडमा केही समयदेखि बायोपिक फिल्म बनाउने चलन बढ्दै गएको छ । पहिले खेलाडीको जीवनमाथि आधारित बायोपिक फिल्म बनिरहेका थिए । अहिले भने राजनीतिक हस्तीका जीवनीमा पनि बायोपिक फिल्म बनिरहेका छन् ।

भारतीय मिडियाले लेखेअनुसार नरेन्द्र मोदीको बायोपिक फिल्म बन्दैछ । रिपोटर्सलाई आधार मान्ने हो भने यो फिल्मको काम सन् २०१९ देखि शुरु हुनेछ । यो फिल्ममा मोदीको भूमिकामा विवेक ओबराय देखिनेछन् ।


विवेकले यो भूमिकाका लागि आफूलाई तयार गरिरहेको बताइएको छ । खबरका अनुसार यो फिल्मको शूटिङ गुजरात, दिल्ली, हिमाचल प्रदेश र अत्तराखण्डमा हुनेछ ।

जहाँसम्म कि, यो फिल्मको शीर्षक अझै तय भइसकेको छैन । यो फिल्मको निर्देशन ‘मेरी कोम’ निर्देशन गरेका निर्देशक उमंग कुमारले गर्ने भएका छन् ।

फिल्मको टिम पछिल्लो डेढ वर्षदेखिय यसको स्टोरीमा काम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?