यो मन्दिरमा प्रवेश गर्न डराउँछन् मान्छे, कारण यस्तो

हाम्रो देशमा भगवानप्रति धेरैको आस्था छ । विशेष गरेर मन्दिरमा मान्छेले पूजाआजा गर्ने गर्छन् । मन्दिरलाई लिएर मान्छेले अनेक कुरा मान्ने चलन पनि छ ।

एउटा यस्तो मन्दिर पनि छ, जुन मन्दिर घरजस्तो देखिन्छ । र धेरै मान्छे यो मन्दिरमा पुगेर पनि भित्र जाने आँट बटुल्न सक्दैनन् ।

धेरैले बाहिरबाट नै दर्शन गरेर फर्किने गरेका छन् । यसको कारण के हो भने मन्दिरमा धर्मराज अर्थात् यमराज रहने गर्छन् । संसारमा यो मात्र त्यस्तो मन्दिर हो, जहाँ यमराज रहन्छन् भन्ने विश्वास गरिन्छ ।

यो मन्दिर भारतको राजधानी दिल्लीबाट ५ सय किलोमिटरको दुरीमा पर्ने चम्बा जिल्लामा  छ ।

यो मन्दिरमा चित्रगुप्तको कोठा भएको पनि मानिन्छ । चित्रगुप्त यमराजका सचिव हुन् । उनले जीवात्माको कर्मको लेखाजोखा राख्ने काम गर्छन् भन्ने विश्वास गरिन्छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?