फेसबूकमा झुण्डिने बानी छ? यस्ता छन् घाटा

काठमाडौं । युवापुस्तामा फेसबूक, म्युजिकल्ली, ह्वाट्सएप जस्ता नेटवर्किङ माध्यमको लत लागेको हुन्छ । केहीको गेम खेल्ने लत हुन्छ । हड्डीरोग विशेषज्ञले सामाजिक सञ्जालको धेरै प्रयोगले हातका औँला र ढाडमा समस्या देखिने बताउँदै आएका छन् । 

सामाजिक सञ्जाल फेसबूक, ह्वाटसएपको प्रयोग दिनानुदिन रुपमा बढ्दै गइरहेको छ । लगातार च्याटिङ या म्यासेजिङ गर्दा मनोवैज्ञानिक रुपमा पनि असर पर्ने डाक्टरहरु बताउँछन् । ट्याबलेट या मोबाइलमा सामाजिक सञ्जाल चलाउनेले धेरै टाइप गरिरहँदा यसको असर हातमा पनि परेको हुन्छ ।

डाक्टरहरुका अनुसार टचस्किृन मोबाइल प्रयोग गर्ने व्यक्तिका औँलामा असर पर्न सक्छ । यति मात्र होइन, कहिलेकाहीँ यसैका कारण गम्भीर आर्थराइटिस पनि हुन सक्छ । यस्तै गेम खेल्दा पनि डिभाइसमा लामो समय रहँदा युवा तथा बच्चामा यो समस्या देखिने सम्भावना अझ बढी हुन्छ ।

यसकारण डाक्टरहरुले मोबाइलको धेरै प्रयोग नगर्न सुझाव दिने गरेका छन् । तर पछिल्लो समय युवापुस्तामा मोबाइलको प्रयोग नशाजस्तै भएको पाइन्छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?