इलामले कुन क्षेत्रमा गर्दैछ विशेष लगानी ?

इलाम नगरपालिकाले यही पुस २० गते ‘इलाम लगानी प्रवद्र्धन सम्मेलन’ आयोजना गर्ने भएको छ ।

पर्यटन, शिक्षा, जडिबुटी, कृषिजन्य उद्योग, स्वास्थ्य आदिजस्ता विशेष क्षेत्रमा लगानीका लागि लगानीकर्ताहरुलाई प्रोत्साहित गर्न सो सम्मेलन आयोजना हुन लागेको हो । 

इलाम सदरमुकाम, खलङ्गाको स्थापना भएको २ सय वर्ष पूरा भएको अवसरमा आयोजना हुने उक्त कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् ।

इलामका विशेष उत्पादन ५ ‘अ’ : अदुवा, अलैँची,  आलु, अम्लिसो, अकबरे खोर्सानी र यसका अतिरिक्त दूध  र चिया जस्ता कच्चा पदार्थलाई सदुपयोग गर्ने हो भने उद्योगको राम्रो सम्भावना भएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए ।

यस क्षेत्रमा लगानी गर्न इच्छुक लगानीकर्ताहरुलाई इलाम नगरवासीहरुले आवश्यक सहयोग गर्ने उनले जनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?