१८ औं वार्षिक उत्सवको अवसरमा यस्ता छन् सुबिसुका ‘भयंकर’ अफरहरु

काठमाडौं । सुबिसु केबलनेटले आफ्नो स्थापनाको १८ औं वर्षमा ग्राहकहरुका निमित्त विशेष अफर ल्याएको छ । ‘भयंकर अफर’ नामक उक्त अफरमा रिटेल ग्राहकहरुका लागि क्लियर टीभी तथा इन्टरनेट सेवामा विभिन्न आकर्षक अफरहरु प्रदान गरिने छ ।

यस्ता छन् अफर :

सुविसु इन्टरनेट फास्ट प्याक अफर

यस सेवा अन्तर्गत  १ महिनाको लागि १५ एमवबीपीएस अनलिमिटेड इन्टरनेट साथै मोडेम र जडान सेवा शुल्क मात्र १५ हजार रहनेछ ।

क्लियर टीभी प्रिमियम प्याक अफर

यस सेवाअन्तर्गत ९ सय ९९ मा १ महिनाको प्रिमियम सेवा (२६५भन्दा बढी डिजिटल तथा ७० भन्दा बढी एच डी च्यानलहरु) त्यस्तै, टपबक्स र जडान सेवा समेत प्रदान गरिनेछ ।

सुविसु इन्टरनेट एण्ड क्लियर टीभी कम्वो प्याक अफर

यस सेवाअन्तर्गत १ महिनाका लागि २ हजार ३ सयमा  २३ एमबीपीएस अनलिमिटेड इन्टरनेट र क्लियर टिभी प्रिमियम प्याकेज (२६५भन्दा बढी डिजिटल तथा ७० भन्दा बढी एच डी च्यानलहरु) साथैं मोडेम टपबक्स र जडान सेवा प्रदान गरिनेछ ।

यसका अतिरिक्त सम्पूर्ण ग्राहकमध्ये हरेक हप्ता १० जनाले ३ महिनाको लागि निशुल्क सब्क्रिप्सन प्राप्त गर्नेछन् भने बम्पर उपहार अन्तर्गत १ जना ग्राहकले स्मार्ट टीभी प्राप्त गर्नेछन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?