सन् २०१८ मा सर्वाधिक रुचाइएको यो जोडी, क्लिन्टनलाई जितिन् मिसेलले

दुई वर्ष अगाडि आफ्नो सूटकेस प्याक गरेर ह्वाइट हाउस छाडेका अमेरिकी पूर्व राष्ट्रपति दम्पति बराक ओाबामा र मिसेल ओबामा सन् २०१८ को सबैभन्दा प्रशंसित व्यक्तित्व हुन् । 

गलुप संस्थाले हरेक वर्ष सर्वेक्षण गर्ने क्रममा “संसारभरिका कुन महिला र पुरूष तपाईंलाई धेरै मन पर्छ ?” भनी अमेरिकनलाई सोध्ने गर्छ । सन् १९७६ बाहेक हरेक वर्ष उसले धेरै अमेरिकनले मन पराएका पुरुष र महिलाको सूची सार्वजनिक गर्दै आएको छ । यसैबिच यो पटक बाराक र मिसेल ओबामा यो वर्ष  अमेरिकाले सबै भन्दा धेरै प्रशंसा र मन पराएको जोडी हो भनि गलुपले प्रकाशन गरेको छ । 

पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा यो सहित ११ वर्षदेखि धेरैले मन पराउने पुरुषहरूको सूचीको पहिलो नम्बरमा रहँदै आएका छन् । 

अर्को अनौठो विषय त के छ भने १७ वर्षसम्म लगातार यो सूचीको पहिलो नम्बरमा रहेकी पूर्वविदेशमन्त्री तथा सन् २०१६ की राष्ट्रपति उम्मेद्वार हिलारी क्लिन्टनलाई पछि पार्दै यो वर्ष मिसेल ओबामा पहिलो नम्बरमा पुगेकी हुन् ।

अर्को अनौठो विषय त के छ भने १७ वर्षसम्म लगातार यो सूचीको पहिलो नम्बरमा रहेकी पूर्वविदेशमन्त्री तथा सन् २०१६ की राष्ट्रपति उम्मेद्वार हिलारी क्लिन्टनलाई पछि पार्दै यो वर्ष मिसेल ओबामा पहिलो नम्बरमा पुगेकी हुन् ।

हिलारी भने यो पटक तेस्रो स्थानमा छिन् । सर्वाधिक रुचाइने महिलाको शीर्ष सूचिमा अमेरिकीहरुले मिसेल ओबामालाई १५ प्रतिशत भोट गर्दा, ओप्रा विन्फ्रेले ५ प्रतिशत मत पाइन् । 

त्यसपछि क्रमश हिलारी क्लिन्टन र वर्तमान फस्र्ट लेडी मलेनिया ट्रम्पले ४–४ प्रतिशत मत प्राप्त गर्दा क्विन इलिजाबेथले २ प्रतिशत मत प्राप्त गरिन् । 

अमेरिकाको उच्च अदालतको न्यायाधीश रुथ वाडेर गिनबर्ग, कमेडियन एलेन डेगनेरेन्स र मानवअधिकारकर्मी मलाला यूसुफजाईले पनि  शीर्ष दशमा आफूलाई सुरक्षित गराएका छन् ।   

धेरैले मन पराउने पुरुषहरूको सूचीको दोस्रो नम्बरमा राष्ट्रपति डोनाल्ड ट्रम्प छन् । १९ प्रतिशत मत पाएका पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामा पहिलो नम्बरमा आएसँगै १३ प्रतिशत मत सहित राष्ट्रपति ट्रम्पले दोस्रो स्थान पाएका हुन् । 

को हुन् त मिसेल ओबामा ?

सन् १९६४ जनवरी १७ मा सिकागोमा जन्मेकी मिसेल ओबामा पूर्व राष्ट्रपति बाराक ओबामाको श्रीमती तथा पहिलो एफ्रो–अमेरिकी प्रथम महिला हुन् । दक्षिणी सिकागोमा हुर्केकी मिसेलले आफ्नो स्नातकको पढाई प्रिन्सटन तथा हावर्ड विश्वविद्यालयबाट गरेकी हुन् ।

उनी सिड्नी अस्टिन नामक कानुनी संघमा काम गर्द उनको भेट बाराक ओबामासँग भएको थियो । पछी उनले सिकागोका मेयर रिचार्ड डेलीसँग काम गरिन् तथा सिकागो मेडिकल सेन्टरमा समेत उनको योगदान रहेको छ । मिसेल र बाराको सन् १९९२ मा विवाह भएको थियो र मालिया र साशा उनीहरुका दुई छोरी हुन् । 

प्रथम महिलाको रुपमा मिसेल ओबामा अमेरिकाको महिलाको लागि प्रेरणाको स्रोत हुन् । प्रथम महिलाहुँदा उनले गरिबी न्यूनिकरण जागरुकता, शिक्षा, पोषण, शारीरिक क्रियाकलाप र स्वस्थ खानाको लागि अधिवक्ताको रूपमा काम गरिन् । उनले अमेरिकन डिजाइनरहरुलाई पनि समर्थन गरिन् र उनी फेसन आइकन पनि हुन् । 

डेमोक्रेटिक पार्टीका राष्ट्रपति पदका उमेद्वार हिलारी क्लिन्टनको पक्षमा प्रचार अभियानमा पनि पूर्व प्रथम महिलाको रुपमा मिसेल ओबामा निक्कै प्रभावशाली देखिएकी थिइन् । 

बाराक र मिसेल ओबामाको प्रेम र विवाह 

युवा अवस्थामा अध्ययनका लागि केन्याबाट अमेरिका छिरेका बराक ओबामा र मिसेल ओबामाको पहिलो भेट सन् १९८९ मा अमेरिकाको सिकागो ल फर्ममा भएको थियो । हारवर्ड ल स्कुलमा पढ्न पहिलो वर्षको पढाइ पूरा गरेर सिकागो ल फर्ममा बराक ओबामा समर इन्टनसिपका लागि पुगेका थिए । त्यो वेला मिसेलको पूरा नाम मिसेल राबिन्सन थियो र उनले बराक ओबामाको प्रशिक्षकको भूमिका निभाएकी थिइन् ।

मिसेललाई उक्त जिम्मेवारी बराकसँग भेट नगराईकन दिइएको थियो र उनी उक्त जिम्मेवारीबाट खुसी थिइनन् ।

 सिकागो ल फर्मको ४७ औँ नम्बरको कोठामा बराक ओबामाले पहिलोपटक मिसेललाई देखेका हुन् ।

कालोे वर्णका हिस्सी परेका ओबामा पहिलो नजरमै मिसेलको मनमा बस्न सफल भए । ओबामा पनि मिसेलको बोल्ने र हाँस्ने शैलीबाट निकै प्रभावित भए ।

मिसेलले बाराकसँगको पहिलो भेटमै निकै फुर्तिलो, गैरपरम्परागत र सरल व्यवहारका नौजवानका रूपमा पाइन् । क्रिस्टोफर एन्डरसनको पुस्तक ‘बराक एन्ड मिसेल’ द लभ स्टोरी’ मा यो कुरा उल्लेख गरिएको छ । यद्यपि, उनले अलिकति पनि सोचेकी थिइनन् कि कुनै दिन बाराकसँग माया बस्ला । उनले आफ्नो संस्मरण ‘बिकमिङ’मा पनि यी पुराना यादहरू सजाएकी छिन् । 

मिसेलसँगको पहिलो भेट देखिनै ओबामा उनी प्रति आकर्षित भइसकेका थिए तर मिसेलले ओबामासँग भेटेर पहिला आफ्नो कामसँग मात्रै मतलब राख्न भन्ने गर्थिन् ।

बराक जब उनीसँग नजिक हुने प्रयास गर्दै थिए तब मिसेल आफू पहिला कोहीसँग पनि पे्रममा नभएको र डेटिङ पनि नगएको भन्ने गर्थिन् । मिसेलका यी कुराले उनी अझै उत्साही हुन्थे ।

बिस्तारै उनले मिसेलको सुन्दरताको तारिफ गर्दै गिफ्ट पठाउन थाले । भेटमा फूल दिन शुरु गरे । फोन, भेट गर्ने काममा उनी अघि बढ्दै गए । तर, मिसेलको मन पग्लिएको थिएन ।

बिस्तारै उनले मिसेलको सुन्दरताको तारिफ गर्दै गिफ्ट पठाउन थाले । भेटमा फूल दिन शुरु गरे । फोन, भेट गर्ने काममा उनी अघि बढ्दै गए ।

मिसेलको मन पग्लिएको थिएन ।

तर, केही महिनापछि उनले बराक ओबामाले आफ्नो एक समारोहमा बोलाइएको निमन्त्रणलाई स्वीकार गरिन् । जहाँ ओबामा अश्वेत युवकलाई हिम्मत जुटाएर भाषण दिँदै थिए ।

दुवै आफ्नो पहिलो डेटमा सिकागोको हायड पार्कस्थित बेस्किन–राबिन्स स्टोरमा गएका थिए । दुई वर्षभन्दा बढीको कोर्टसिपपछि एक दिन बराक ओबामाले ‘ल’ को परीक्षा पास गरेको खुसीयालीमा मिसेललाई रोमान्टिक डिनरमा बोलाए र उनलाई विवाहको प्रस्ताव राखे ।

मिसेलसँग नाई भन्ने कुनै कारण थिएन । दुबैले ३ अक्टोबर, १९९२ मा सिकागोको ट्रिनिटी युनाइटेडमा दुई सय पाहुनालाई साक्षी राखेर विवाह गरे ।

बाराक मिसेलबीच जति गाढा प्रेम सम्बन्ध छ त्यसलाई शब्दमा वर्णन गर्न निकै कठिन पनि छ । यिनको जोडी पहिचान एक आदर्श दम्पत्तिको रुपमा छ । अझ रोचक कुरा के पनि छ भने यो जोडी अमेरिकाको रोमान्टिक जोडीमा पनि पर्दछन् । 

पछिल्लो केहि समय अगाडि मिसेल ओबामाले आफ्नो पुस्तक ‘बिकमिंग’ सार्वजनिक गरेकी छिन् । उक्त पुस्तकमा ८ वर्षे ह्वाइट हाउस बसाइका क्रममा अनुभव गरेका हरेक कुराहरु उल्लेख गरेकी छिन् । उनले पुस्तकमा आफ्नो जिन्दगीसँग जोडिएका तर अहिलेसम्म सार्वजनिक नभएका व्यक्तिगत कुराहरु पनि लेखेकी छिन् ।

ओबामा अमरिकाको ४४ औं राष्ट्रपति मात्र नभई अमेरिकाको प्रथम अश्वेत अर्थात् अफ्रीकी अमेरिकी राष्ट्रपति हुन् जसले २० जनवरी, २००९ का दिन राष्ट्रपति पदको शपथ ग्रहण गरेका थिए भने उनी २०१७ मा राष्ट्रपति पदबाट बाहिरिएका हुन् । 

बाराक र आफ्नो पालनपोषण मनग्ये पैसा र भौतिक सामग्री नभएको परिवारमा भए पनि उनीहरूबाट त्योभन्दा मूल्यवान् वस्तु पाएको मिसेल बताउँदै आएकी छिन् । 

ह्वाइट हाउसमा आइपुग्दा पनि उनको व्यवहारमा परिवर्तन नआएको मिसेल बताउँछिन् । मिसेलले एउटा अन्तर्वार्तामा भनेकी थिइन्, ‘अहिले पनि ओबामा  त्यही व्यक्ति हुन् जोसँग मैले धेरै वर्षअघि मायाप्रीति लाएको थिए ।’ 

अमेरिकी पूर्व प्रथम महिला मिसेल ओबामाले आफ्नो संस्मरणात्मक पुस्तकमा उनले आफ्नो वैवाहिक सम्बन्धका असजिला र गर्भधारणमा भएको समस्याका बारेमा समेत उल्लेख गरेकी छन् ।

एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?