२०१९ : यसरी लोभलाग्दो बनाउनुहोस् जीवनलाई

वातावरणमा नयाँ वर्षको उत्साह छ । नयाँ जोश, नयाँ उमंगका साथ धेरैले ‘२०१९’ लाई कसरी उर्जाशील, रोमाञ्चक बनाउने भनेर योजना समेत बुनिसके ।

तर, हरेक भविष्यलाई डो-याउने एउटा विगत हुन्छ भनेझैं, २०१९ लाई सकारात्मक तरिकाले अघि बढाउन प्रेरणा दिने २०१८ का केही कहानीहरु छन्, केही पात्रहरु छन्, केही घटनाहरु छन् । तिनै मध्ये एक हुन् ओप्रा विन्फ्रे, २० औं शताब्दीकी सर्वाधिक धनी एफ्रो–अमेरिकन ।

२०१८ उनका लागि निकै फलदायी सावित भयो । सोही वर्ष उनले विश्वप्रसिद्ध ‘गोल्डेन ग्लोब अवार्ड’ अन्तर्गत ‘लाइफ टाइम अचिभ्मेन्ट अवार्ड’ प्राप्त गरिन् । पुरस्कार थाप्दा उनले दिएको वक्तव्यको चर्चा संसारभर भयो । त्यस्तै, ‘फच्र्युन’ नामक पत्रिकाले हरेक वर्ष सार्वजनिक गर्ने विश्वकै शक्तिशाली महिलाको सूचिमा आफूले गुमाइसकेको स्थानलाई ओप्राले २०१८ मा पुनः प्राप्त गरेकी छिन् । आफ्नो इतिहासकै सर्वोत्कृष्ट टिभी टक शो ‘द ओप्रा विन्फ्रे शो’ बाट ‘मिडिया वल्र्ड’ लाई नै आफ्नो मुठ्ठीमा लिएकी ओप्राका भोगाइहरु जति करुणादायी छन् उति नै प्रेरणादायी पनि । 

९ वर्षमै बलात्कृत ओप्राको मनछुने जीवनकथाले कसो हौसला नदेला ?

‘मलाई दोकानमा लग्यो । मेरो खुट्टाबाट तरर रगत चुहिँदै थियो । उसले मलार्ई आइसक्रिम किनिदियो ।’ कुनै एक कार्यक्रममा ओप्राले भनेका शब्द हुन् यी । ९ वर्षको उमेरमा आफू बलात्कृृत हुँदाको दृश्य स्मरण गर्दै यी शब्द बोलिरहेकी थिइन् उनी ।

एउटा सामान्य बच्चाले आमालाई काम गरिरहँदा डिस्टर्ब गरेर, बाबासँग मिठाइ किन्दिनु भन्दै झगडा गरेर, साथीभाइसँग यायावरी गर्दै बिताउने बाल्यकाल ओप्राले पीडा, रोदन र अन्धकारमा बिताइन् । कारण, उनी बलात्कृत भइन् आफ्नै दाजुबाट । त्इसपछिको उनको जीवन सहज पक्कै थिएन ।

समाजमा बलात्कृत हुनेहरु अहिले पनि रोएर, कराएर, चिच्चाएर बाँचिरहेका छन् । कतिले त आत्महत्या समेत गरिसके । बलात्कृत हुनेहरुलाई विचरा, कठैबरा, च्व च्व च्व ! जस्ता सहानुभुतिले ओतप्रोत अभिव्यक्ति दिने समाजलाई गलत सावित गर्दै ओप्रा आज विश्वकै शक्तिशाली महिलाको सूचिमा पर्न सफल छिन् ।

समाजको च्व.. च्व.. च्व …लाई ओप्राले वाह वाह मा बदल्न सफल भइसकिन्  । 

आफ्नो इतिहासकै सर्वोत्कृष्ट टिभी टक शो ‘द ओप्रा विन्फ्रे शो’ कै कारण उनलाई उनलाई ‘क्वीन अफ अल मिडिया’ भन्ने उपाधि दिइएको छ ।

अँध्यारो बाल्यकाल…

विन्फ्रेको जन्म जनवरी २९, १९५४ मा मिसिसिपीको एक विकट गाउँमा भयो । उनकी आमा अर्काको घरमा काम गर्थिन् भने बुवा हजम थिए । उनको बाल्यकाल चरम् गरिबीमा बित्यो । आफुसँग के भयो नै थाहा नपाउने ९ वर्षको उमेरमा उनी आफ्नै दाजुद्वारा बलात्कृत भइन् ।

१० देखि १४ वर्षको उमेरसम्म उनले आफ्नै अंकल, दाजु, नातेदार बाट शारीरिक दुव्र्यवहार भोग्नुपर्यो । यति मात्र नभएर १४ वर्षको कलिलोे उमेरमा उनी गर्भवती पनि भइन् । दुर्भाग्यवश उनको बच्चाको जन्मन साथ मृत्यु भयो । 

गरिबी, पीडादायी बाल्यकाल, बलात्कार, सानै उमेरमा गर्भधारण, बच्चाको मृत्यु ! जीवनमा एउटा मान्छेले योभन्दा बेसी त के नै भोग्नपर्छ होला र ? यसरी सानै उमेरमा विन्फ्रेले दुःख, पीडाको सगरमाथा नै आरोहण गरिन् ।

तर, जबजब उनलाई टाइम मेसिन भइदिएको भए के तपाइ आफ्नो विगतमा गएर केही परिवर्तन गर्नुहुन्थ्यो भन्ने प्रश्न सोधिन्छ, उनी ‘नो’ भन्दै पूर्णविराम लगाइदिन्छिन् । भन्छिन्, ‘म मेरो जीवनको एक अंश पनि बदल्न चाहन्न । ती सबै उतारचढावकै कारण आज म यो ठाउँमा छु’ ।

कस्तो थियो त विनफ्रेको ‘रोडदेखि करोडौँ करोड’ सम्मको यात्रा ?

उनले आफ्नो करियर १९ वर्षको उमेरदेखि स्थानीय रेडियोमा साँझको समाचार भनेर शुरु गरिन् । सानै उमेरदेखि स्पष्टवक्ता भएकाले एउटा ‘पब्लिक स्पिकिङ्ग’ प्रतियोगीतामा प्रथम भएर उनले टेनसी विश्वविद्यालयमा छात्रवृत्ति पाइन् । उनको उत्कृष्ट प्रस्तुतिका कारण उनलाई ‘पिपल आर टकिङ्ग’ नामक टक शो कार्यक्रम सञ्चालन गर्न दिइयो ।

गणनामै नआउने त्यस कार्यक्रमलाई उनले केही समयमै ‘नं वान’ बनाउन सफल भइन् । केही वर्ष त्यही कार्यक्रम चलाएर उनले आफ्नै प्रोडक्सन कम्पनी सञ्चालन गरिन् । जस अन्तर्गत विन्फ्रेले सन् १९८६ देखि २०११ सम्म ‘द ओप्रा विन्फ्रे शो’ चलाएर आफूलाई ‘ग्लोबल स्टार’ का रुपमा स्थापित गरिन् । 

महिला हकअधिकार सम्बन्धि सधैं वकालत गर्ने ओप्राले सफल भइसकेपछि आफ्नो हाकिमलाई आफ्नो मात्र नभएर सबै महिला कर्मचारीको पारिश्रमिक बढाउने माग राखिन् । हाकिमले उनको माग स्वीकारेनन् । ओप्राले ‘शो’ नै छोड्ने धम्की दिएपछि हाकिमले उनको मागलाई हत्तपत्त स्वीकारे । त्यस दिन उनले एउटा ठूलो पाठ सिकिन्, ‘जीवनमा सबै कुरा प्राप्त गर्न सकिन्छ तर एकैचोटी होइन’ ।

उनको करियरको सुरुवातमा उनका सहकर्मीलाई उनलाई भन्दा बढी पारिश्रमिक दिइन्थ्यो कारण ; ऊ पुरुष थियो । यस विरुद्ध उनले आफ्नो हाकिमसँग गुनासो पनि गरिन् तर हाकिमले अनेक बहाना तेर्साएर उल्टै उनैलाई गलत सावित गरे । त्यसताका उनले आफ्नो अधिकारको वकालत गर्न सकिनन्, केही नभनी त्यहाँबाट निस्किन् । किनभने उनी सामान्य कर्मचारी थिइन् ।  उनलाई थाहा थियो कि त्यहाँ उनको कुराको सुनुवाइ हुनेवाला थिएन ।

केही वर्षपछि उनी सफल भइन् । महिला हकअधिकार सम्बन्धि सधैं वकालत गर्ने ओप्राले सफल भइसकेपछि आफ्नो हाकिमलाई आफ्नो मात्र नभएर सबै महिला कर्मचारीको पारिश्रमिक बढाउने माग राखिन् । हाकिमले उनको माग स्वीकारेनन् । ओप्राले ‘शो’ नै छोड्ने धम्की दिएपछि हाकिमले उनको मागलाई हत्तपत्त स्वीकारे ।

त्यस दिन उनले एउटा ठूलो पाठ सिकिन्, ‘जीवनमा सबै कुरा प्राप्त गर्न सकिन्छ तर एकैचोटी होइन’ ।

समाजसेवामा विन्फ्रे

विन्फ्रे शताब्दीकै सर्वोत्कृष्ट ‘फिलान्थ्रोपिस्ट’ (च्यारिटी, डोनेसन गर्ने) मानिन्छिन् । 

उनी चाहन्छिन् कुनै बालबालिकाले उनीजस्तो दर्दनाक अवस्थाबाट गुज्रिनु नपरोस्, कुनै छोरीले शिक्षा र अवसरको कमीले गर्दा आफ्नो सपनाबाट वञ्चित हुन नपरास्, संसारमा गरिबी, भोकमरीका कारण कसैले ज्यान गुमाउनु नपरोस् ।

त्यसैले ‘द एन्जल नेटवर्क’, ‘प्रोजेक्ट कडल’, ‘फ्री द चिल्ड्र्न’, ‘पिस ओभर भायलेन्स’, ‘क्लिन्टन प्रोजेक्ट’ आदिजस्ता दजर्नौं प्रोजेक्टमार्फत् उनी अर्बौं पैसा डोनेट गर्छिन् ।
उनको व्यक्तित्वको प्रभाव यतिसम्म छ कि कैयौं अमेरिकी नागरिक उनलाई त्यहाँको राष्ट्रपति भएको हेर्न चाहन्छन् ।

थिन्क वान्स ! हाम्रो समाजमा पनि अनेकौँ बलात्कृत ओप्राहरु छन् जसलाई हाम्रो च्व च्व होइन ‘यु क्यान डु इट’ को आवश्यकता छ । सहानुभूतिको होइन साहसको आवश्यकता छ । त्यसैले सोच बदलौं, समाज आफैं बदलिन्छ । 

विन्फ्रेका केही प्रेरक भनाइहरु :

– जब तिमी आफ्नो कामलाई कम महत्व दिन्छौ तब संसारले तिमीलाई कम महत्व दिन्छ ।

– आफूसँग जे छ त्यसप्रति कृतज्ञ हौ, त्यसको दोब्बर पाउने छौ । आफूसँग जे छैन त्यसमा ध्यान दियौ भने पाउनु पर्ने जति नि पाउने छैनौ ।

– आफ्नो चोटलाई चेतनामा परिवर्तन गर ।

– आफ्नो वरिपरि सधैँ त्यसतो मान्छे राख जसले तिमीलाई माथि उठ्न प्रेरित गर्छन् ।

– तिमी जे चाहान्छौ त्यो हुँदैनौ, तिमी जे विश्वास गर्छौ त्यही हुन्छौ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?