बिग ब्यास क्रिकेटमा सन्दीपले अन्तिम खेल खेल्दै, बुधवार बंगलादेश जाने

काठमाडौं । बिग ब्यास क्रिकेट अन्तर्गत नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको टोली मेलवर्न स्टारले आज मेलवर्न रेनेगेड्सको सामना गर्दैछ । 

यी दुई क्लबबीचको खेल नेपाली समयानुसार दिउँसो २ बजेपछि शुरु हुनेछ । जारी लिगमा मेलवर्न रेनेगेड्सले खेलको तीन खेलमध्ये दुईमा जीत र एक खेलमा हार बेहोर्दै ४ बनाएको छ । र, अंक तालिकाको दोस्रो स्थानमा छ ।

यता लेग स्पिनर सन्दीपको टिम स्टारले तीन खेलमध्ये २ मा हार र एक खेलमा जीत निकालेको छ । बिस ब्यास क्रिकेटमा भने सन्दीपले उत्कृष्ट प्रर्दशन गर्दै आइरहेका छन् । उनले ३ खेलमा ७ विकेट लिएका थिए ।

यी दुई क्लबबीचको खेल हेर्न नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का पनि जाने बताइएको छ । 

बिग ब्यास क्रिकेट अन्तर्गत आजको खेलप्रश्चात सन्दीप बंगलादेश प्रिमियर लिग खेल्न जानेछन् । बिग ब्यास क्रिकेटभन्दा पहिले सन्दीपले बंगलादेशी क्लब सिलहेट सिक्सर्ससँग सम्झौता गरेका थिए । सन्दीप भोली ‘बुधवार’ बंगलादेश जाने छन् ।

यहि जनवरी ५ तारिखदेखि शुरु हुने लिग खेलमा सन्दीपको टोली सिलहेट सिक्सर्सले कोमिला भिक्टोरिन्यसँग पहिलो खेल खेल्नेछ । 

 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?