चोरी पैठारीको सामान छुटाउन घुसदिने पक्राउ

 भन्सार छलेर चोरी पैठारी गर्दै सामान भित्र्याउने भारतीय नागरिक र सामान छुटाउन घुस दिन खोज्ने अर्का भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मैनापोखरले बर्दियाको बढैयाताल गाउँपालिका–६ स्थित खलवा गाउँबाट पक्राउ गरेका हार्डवेयर सामान छुटाउन अनुरोध गर्दै प्रहरीलाई घुस दिन खोज्ने भारतीय नागरिकलाई प्रहरीले सामान सहित पक्राउ गरेको छ ।

मैनापोखरबाट खटिएको प्रहरीको गस्ती टोलीले भारतको बहराईच जिल्ला थाना मोतिपुर बलैगाउँ बस्ने २२ वर्षीय सिङ्घानिया चौधरी, १८ वर्षीय राम विकास चौधरी, १७ वर्षीय भानु चौधरी र २२ वर्षीय सुनिल चौधरीलाई हार्डवेयरका सामानहरु सहित पक्राउ गरेको थियो ।

सामान सहित तस्करहरुलाई छुटाउन भारतको सोही स्थानका ३५ वर्षीय विजय चौधरीले १० हजार रुपैयाँ घुस दिन खोजेकाले नगद सहित पक्राउ परेका हुन् । प्रहरी निरीक्षक लक्ष्मण ओलीका अनुसार घुस दिन खोज्ने चौधरी समूहका नाइके हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?