अलबिदा कादर खान : काबुलबाट शुरु भएको जिन्दगी क्यानडामा अन्त्य

एजेन्सी । कुशल अभिनेताका रुपमा ख्याती कमाएका कादर खानको निधनले बलिउड सिनेमा नगरी नै शोखमा डुबेको छ ।

उपचारको क्रममा उनको क्यानडामा निधन भएको थियो । कलाकारितासँगै पटकथा समेत लख्ने उनी ८१ वर्षको उमेरमा स्वर्गवास भए । 

असी र नब्बेको दशकमा बलिउड फिल्ममा गोबिन्दा र अनिल कपुरसँगै धेरै फिल्ममा देखिएका खानले सन् १९७३ मा राजेश खन्नाको फिल्मबाट फिल्मी क्षेत्रमा पाइला बढाएका थिए । त्यतिबेला खेलेका ३ सय भन्दा बढि चलचित्र अहिलेपनि हिट लिस्टमा नै छन् ।

उनले बलिउडमा कसरी डेब्यु गरे भन्ने बारे सबैजनाको चासोको विषय बनिरहेको थियो ।

 ‘एक रात आफ्नो घर ‘बम्बई’ नजिकैको यहुदी चिहानमा उनले दिउँसो पढेको कुरालाई राति संवादमा रियाज गरिरहेका थिए, चारैतिर अन्धकार त्यसमा पनि चिहान नजिकै बसेर संवाद रियाज गर्ने उनको बानी व्यवहारप्रति सबैजना चकित पर्थे ।’

एक रात उसैगरि उनी संवाद रियाज गरिरहेका थिए, त्यतिबेला एक अपरिचित व्यक्तिले उनले सोधे ।

तिनी यतिराति चिहानमा के गर्दै छौँ ?

उनले भने, ‘म दिनमा जे पढ्छु रातमा यहाँ आएर संवाद रियाज गर्छु ।

ती अपरिचित व्यक्ति थिए असरफ खान । असरफ सज्जन फिल्ममा काम गर्थे त्यसैले उनले सोधेँ ‘ तिमी नाटकमा काम गछौँ ? 

त्यही चिहानमा संवाद रियाज गर्ने कादर खान पछि एकएका चर्चित अभिनेतासम्म बन्न सफल भए । उनको फिल्मी क्षेत्रको प्रवेश अरु कलाकारको भन्दा भिन्न छ । दशकै लामो फिल्मी यात्रालाई बाइबाई भन्दै उनी सदाका लागि अलबिदा भए । 

कादर खानले सन् १९७७ मा लेखेको चलचित्र मुकन्दर र सिकन्दरमा एक महत्वपुर्ण सिन छ, जहाँ अमिताभ बच्चनले रातको समयमा चिहानमा पुरिएको आमाको समाधीस्थलमा रोइरहेको थियो । त्यतिबेला उनले भिखारीको रोल निभाएका थिए ।

उनले फिल्मी डाइलगमा भनेका थिए, ‘यो भिखारीको एक बचन याद राख्नु जिन्दगीको सही मतलब उठ्नु हो, मृत्युसँग लड्नु हो, सुख त केही दिनलाई मात्र आउछ र क्षण भरमै जान्छ । दुःख त आफ्नो साथी हो आफैसँग रहन्छ । आँसु पुछ, दुःखलाई अपनाउ, भाग्य तिम्रो पाइलामा छ ।’

डाइलग किङ कादरले फिल्ममा नाटक गर्ने देखि डाइलग लेख्नेमा पनि धेरै  नाम र दाम समेत कमाए । उनले खेलेका बिभिन्न फिल्म खुन पसिना,  परविरिश, अमर अकवर एन्थनी, नसीब, कुल्ली इन जस्ता नामक फिल्ममा डाइलग र पटकथा लेख्ने व्यक्ति जसले अमिताभ बच्चनको फिल्मी जिवनमा निक्कै महत्वपूर्ण योगदान रह्यो । 

हेर्दा उनको जिवन धेरै संघर्षपुर्ण थियो । उनको जन्म अफगानिस्तानमा भएको थियो । अफगानिस्तानमा उनको तीनै भाइहरुको मृत्युभएपछि उनलको बुवाआमा भारतमा आए । भारतमा आएलगतै बुवाआमाले सम्बन्धविच्छेद गरे ।

उनको बाल्यकाल भने निक्कै गरिबीमा बितेको थियो । गरिबी जिवनबाट पाठ सिक्दै जसोतसो उनले सिभिल इन्जिनियरिङमा डिप्लोमा पास गरे । बम्बई हाल ‘मुम्बई’मा पठाउने समेत थाले । 

एकताका कादरले कलेजको नाटक प्रतियोगितामा ‘उत्कृष्ट लेखक’को समेत पुरस्कार हात पारे । त्यहि पुरस्कारपछि उनले फिल्मको संवाद लेख्ने अवसर पायो । त्यतिबेला उनले फिल्मको संवाद लेखेबापत १५ सय रुपैयाँ पाएका थिए । 

सन् १९७२ मा ‘आई जवानी दीवानी’ फिल्म निक्कै हिट भयो । फिल्मले सफलता हातपारेसँगै उनको थप कामहरु पाउन थाले र सफलता पनि हात पारे । सन् १९७४ मा उनले फिल्मी क्षेत्रमा टर्निङ प्वाइन्ट लिए । त्यतिबेला उनले भारतिय सिनेमा नगरिका चर्चित कलाकार मनमोहन दोसाई र राजेस खन्नासँग काम गर्ने अवसर पाए ।  

कादर खानप्रति मनमोहन दोसाइलाई भरोसा त थिएन त्यसैले उनी अक्सर भन्ने गर्थे ‘तिमीहरु सायरी त राम्रै लेख्छौँ तर मलाई चाहिएको यस्तो डाइलग हो जसमा जनताले ताली बजाओस्’
मनमोहन दोसाईलाई त्यसै बेला कादरले संवाद लेखेर दिए, उक्त डाइलगले उनको मनलाई यति छोए छ कि उनले आफ्नो तोशिबा टीवी, २१ हजार रुपैँया र आफ्नो ब्रासलेट कादर खानलाई उपहारमा दिए । 

उनलाई पहिलो पटक डाइलग लेखेको भरमा एकलाख भन्दा बढि धन मिल्यो । र यहीबाट शुरु भयो मनमोहन दोसाई, प्रकाश मेहरा र अमिताभ बच्चनसँगको फिल्मी यात्रा । 

कादरले लेखेको फिल्म र डाइलग एक पछि अर्को गर्दै हिट हुन थाल्यो बहुचर्चित अग्निपथ, शराब, सत्ते पे सत्ता अभिताभ बच्च्नलाई एकपछि अर्को संवाद कादर खानले दिए । यो सँगै उनले अभिनयको यात्रालाई पनि अगाडि बढाए ।  

सन् १९७३ मा बनेको दाग चलचित्रमा उनलाई एक वकिलको  सामान्य भुमिकामा देख्न सकिन्छ । त्यसै गरि सन् १९७७ मा पुलिस इन्सपेक्टरको छोटो  रोलमा उनलाई अभिताभ बच्चनको साथमा देख्न सकिन्छ । 

त्यसपछि बनेका फिल्महरु खुन पसिना, नसीब, कुर्बानी जस्ता फिल्मको लाइन लाग्यो र उनलाई भिलेनको रुपमा मानिसहरुले चिन्न थाले । उनी टाढाबाट बोलेको वा इसारा गरेको सजिलै बुझ्न सक्थे यो उनको अर्को खुबी पनि थियो । 

कादरले एक अन्तरवार्तामा भनेका थिए, ‘म अभिताभ बच्चनलाई लिएर एउटा फिल्म बनाउन चाहान्थेँ, नाम थियो जाहिल, तर यो भन्दा अगाडि कुलीको शुटिङ हुदाँ उनलाई चोट लाग्यो फेरी उनी राजनितिमा गए, र फिल्म कहिल्यै बन्नै पाएन र हामी बिचमा पनि टाढा पन आयो ।’

सन् १९८३ मा उनले फिल्म हिम्मतवाला लेखे, र आफ्नो रोल कमेडीमा छुट्याए । त्यति बेलासम्म उनी भिलेन वाला रोलबाट बाहिर आउन चाहन्थेँ । ९० दशकसम्म कादर खानले लेख्न कम गरे तर डेविड धवन र गोबिन्दासँग उनको जोडी जम्न थाल्यो तर उनी आफ्नो डाइलग आफै लेख्थे । 

उनी दर्शकलाई कसरी हसाउन सकिन्छ भनेर आफु हासेर बाङगो, टेडो मुख बनाएर अरुलाई हसाउने प्रयास गर्थे ।  कादर बहुमुखिप्रतिभा भएको व्यक्ति थिए । उनले अभिनयसँगै उस्मानिया विश्वविद्यालयबाट अरबी भाषा सिकिरहेका समेत थिए । 

विगतको एक दशकमा कादर खान फिल्म दुनियाँबाट एकाएक हराए, अरबी सिकेपछि उनी दिनको काममा धेरै व्यस्त हुन्थे । आफ्नो शारिरीक अवस्था कमजोर हुन थालेपछि उनी धेरै समया क्यानडामा आफ्नो परिवारसँगै बस्न थाले ।  

लेखनलाई उनले संवाद र अभिनय गरी आफ्नो रङग र ढङगमा हाले । एक कुशल लेखक, अभिनेता आज हामीबीचबाट सदाको लागि अलबिदा भइसकेका छन् । 

बीबीसी हिन्दीबाट अनुवादित
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?