पल र नाजिरसँग वर्षा, ‘पिरतीको मीठो तिर्सना’ सार्वजनिक (भिडियो)

काठमाडौं । मिलन चाम्स निर्देशित फिल्म ‘वीर विक्रम २’ को गीत ‘पिरतीको मीठो तिर्सना’ सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा फिल्मको गीत सार्वजनिक गरियो । 

कविराज गहतराजले कोरियोग्राफी गरेको गीतको भिडियोमा पल शाह, नाजिर हुसेन र वर्षा शिवाकोटीलाई मुस्ताङका विभिन्न स्थानमा नचाइएको छ । यस्तै गीतमा मेलिना राई र ताराप्रकाश लिम्बुको स्वर सुन्न सकिन्छ भने यो गीतका शब्दलाई कुसुम गजमेर र तुलसी घिमिरेले लेखेका हुन् यस्तै गीतमा रञ्जित गजमेरको संगीत छ । ओर्जिनल गीतमा भने इन्द्रजीत मिजार र भारती घिमिरेको स्वर रहेको थियो ।

सुदीप बराजको डीओपी रहेको यो फिल्मलाई प्रदीप भारद्वाजले लेखेका हुन् । यस्तै फिल्ममा अर्पण सापकोटा सह–निर्माताका रुपमा छन् भने निर्माता र निर्देशकका रुपमा मिलन चाम्स रहेका छन् ।

चलचित्रमा वनिष शाहको सम्पादन, नवराज उप्रेतीको क्यामेरा, डिजे एलेक्सको पाश्र्वध्वनि यस्तै समीर मिया र श्रीकृष्ण श्रेष्ठको भीएफएक्स रहेको छ ।

चलचित्रको रिलिज मिति नतोके पनि सन् २०१९ मै आउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?