‘घर’ मा भित्रिइन् सुरक्षा

काठमाडौं । शर्मिला पाण्डेले निर्माण गर्न लागेको फिल्म ‘घर’ मा सुरक्षा पन्तको पनि इन्ट्री भएको छ । यो सिनेमालाई अर्पण थापाले निर्देशन गर्दैछन् ।

आज (बिहीवार) नायिका सुरक्षा पन्त र फिल्म निर्माण टिमबीच लिखित सम्झौता भएको हो । फिल्ममा अर्का निर्देशक दीपेन्द्र के. खनालको समेत लगानी रहनेछ । उनले नै सुरक्षाले पनि यो फिल्ममा अभिनय गर्ने जानकारी गराएका हुन् ।

दीपेन्द्रले निर्देशन गरेका दुई फिल्म ‘धनपति’ र ‘चंगाचेट’ मा पनि सुरक्षाको अभिनय रहेको थियो । सुरक्षाले अभिनय गरेको फिल्म ‘गोपी’ पनि रिलिजको तयारीमा छ ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?