फ्राइडे रिलिजः ‘जय श्री दाम’ र अरु दुई फिल्म

काठमाडौं । यो हप्ता नेपालका सिनेमा हलमा तीन सिनेमा एकसाथ रिलिज हुँदैछन् । तीमध्ये दुई नेपाली फिल्म छन् ।

यतिबेला हलमा चलिरहेको हिन्दी फिल्म ‘सिम्बा’  ले राम्रो दर्शक पाइरहेको छ भने हलिउड फिल्म ‘बम्बलबी’ आजैबाट रिलिज हुँदैछ ।

आजैबाट अर्को फिल्म ‘जे सुकै होस्’ पनि रिलिज भएको छ । उक्त फिल्म मल्टिप्लेक्स हलमा भने प्रदर्शन गरिएको छैन । मल्टिप्लेक्स दर्शकका लागि भने नेपाली फिल्म ‘जय श्री दाम’ ले केही शोज पाएको छ ।

यो चलचित्रलाई विप्लव उप्रेतीले निर्देशन गरेका हुन् । फिल्ममा अमृत ढुंगाना, विनोद न्यौपाने, राजन खतिवडा, जेविका कार्की, विष्णु सापकोटा, प्रमोद अग्रहरी लगायतका कलाकारको अभिनय रहेको छ ।

यस्तै फिल्ममा विप्लव उप्रेती र अमरदीप सापकोटाको स्किृप्ट, मित्र डी गुरुङको सम्पादन, रविन आचार्यको छायांकन रहेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?