भूकम्प प्रतिरोधी डन्डी उत्पादन गर्दै आरती स्ट्रिप्स

काठमाडौं। आरती स्ट्रिप्सले भूकम्प प्रतिरोधी डन्डी उत्पादन गरेको छ ।

मोरङस्थित यस उद्योगले यूरोपेली प्रविधिबाट निर्मित डन्डी उत्पादन र वितरण शुरु गरेको हो । उद्योगबाट दैनिक ७ सय टन बराबरको डन्डी उत्पादन भइरहेको छ ।

उत्पादित डन्डीको लचकपन ५५०  रहेको र यसको उत्पादनमा थोत्रा डन्डी प्रयोग नगरिएको भन्दै उद्योगका अध्यक्ष सञ्जीव शर्माले दाबी गरेका छन् । 

भारतीय लगानी भएको उक्त उद्योगले जस्तापाता मात्रै उत्पादन गर्दै आएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?