सोतोकान कराँतेमा नेपालले जित्यो ५ स्वर्ण र एक रजत पदक

काठमाडौं । नेपाल सोतोकान कराँते एसकेडियुएनले भारतको देहरादुनमा आयोजना भएको प्रथम अन्तर्राष्ट्रिय ईन्डो सोतोकान कराँते च्याम्पियनसिपमा ५ स्वर्ण र एक रजत पदक जितेको छ । 

नेपाल सोतोकान कराँते संघका महासचिव एवं बरिष्ठ प्रशिक्षक तथा च्याम्पियनसिपका रेफ्रि गोविन्द श्रेष्ठका अनुसार राम नारायणले २१ बर्षको ४५ – ५० केजी तौलमा काता र कुमितेतर्फ स्वर्ण पदक पदक हात पारेका हुन् ।

त्यस्तै गिता सुनुवारले काता र कुमिते दुवैमा स्वर्ण तथा सुरज बि.क.ले कुमितेमा स्वर्ण तथा कातामा रजत पदक प्राप्त गर्न सफल भएको श्रेष्ठले जानकारी गराए ।

महाराणा प्रताप स्पोर्टस् एकेडेमिमा भएको च्याम्पियनसिपमा सहभागी सवै तीन खेलाडीले पदक हात पार्न सफल भई स्वदेश फर्किएको टोली नेता समेत रहेका श्रेष्ठले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?