अण्डाको मूल्य घट्यो, एकक्रेटको २ सय ७०

चितवन। भारतीय सीमा क्षेत्रबाट अवैध रुपमा कुखुराको अण्डा भित्रिन थालेपछि नेपाली व्यापारीहरु मार्कामा परेका छन् । 

प्रतिक्रेट ३ सय ६५ रुपैयाँसम्ममा बिक्री हुने अण्डाको मूल्य अहिले घटेर २ सय ७० रुपैयाँमा पुगेको छ । 

भारतीय सेतो अण्डाले नेपाली अण्डाको बजार विस्थापित गरेपछि नेपाल अण्डा उत्पादक सङ्घले बजारमा आफ्नो निगरानी बढाएको छ । संघका सदस्य एवम् पदाधिकारीहरुले नियमित बजार अनुगमन गर्दै अन्यलाई पनि यस बारेमा सचेत गराउँदै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?