म्यानपावरका सञ्चालक बलबहादुर तामाङविरुद्ध १९ करोड करछली मुद्दा

काठमाडौं । आन्तरिक राजश्व अनुसन्धान विभागले म्यानपावर व्यवसायी बलबहादुर तामाङविरुद्ध करछलीको मुद्दा लगाएको छ । 

स्काई ओभरसिजका मामिल तामाङविरुद्ध १९ करोड ५८ लाख रुपैयाँ करछली गरेको आरोप लागेको हो । 

वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष समेत रहेका तामाङविरुद्ध शुक्रवार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी दिए । 

साथै स्काई ओभरसिजविरुद्ध १३ करोड ४ लाखको जरिवाना असुल गर्न रिटमा माग गरिएको छ ।

तामाङले म्यानपावरबाट आर्जित आम्दानीमा कर छल्नुका साथै बैंक खातामा स्रोत नखुलेको पैसा देखिएपछि तामाङविरुद्ध राजश्व विभागले अनुसन्धान शुरु गरेको थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?