१९ हजार किलो आलुबाट कमाएको ४ सय ९० रुपैयाँ किसानले मोदीलाई पठाए

नयाँ दिल्ली। भारतीय किसानहरुले आलु बेचेर कमाएको सबै रकम प्रधानमन्त्री मोदीलाई पठाएका छन् ।

उत्तर प्रदेशका किसानहरुले १९ हजार किलो बराबरको आलु बेचेर ४ सय ९० मात्रै आम्दानी गरेपछि उक्त रकम मनी अर्डर मार्फत् आफ्ना प्रधानमन्त्रीलाई पठाइदिएको जानकारी एक भारतीय पत्रिकाले दिएको छ ।

पत्रिकाले जनाए अनुसार हरेक वर्ष आलु खेतीबाट हुने घाटाबाट दिक्दार भएर एक किसानले सरकार समक्ष इच्छामृत्युको निवेदनसमेत प्रस्तुत गरिसकेका छन् ।

कृषि क्षेत्रमा सुधार ल्याउने प्रतिबद्धता गरेपनि सरकारले कृषि विभागमा भइरहेको भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै किसानहरु आक्रोशित भएका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?