वाइडबडी खरिदमा संलग्न तीनलाई एउटै कारबाही गर्न माग, लेखा समितिको बैठक सोमवार ११ बजेसम्म स्थगित

काठमाडौं । वाइडबडी खरिद अनियमितताबारे छलफल गर्न आज बसेको प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठक विना निष्कर्ष सकिएको छ । 

शुक्रवार बिहान ११ बजे सिंहदरबारमा बसेको लेखा समितिको बैठकमा नेकपा सांसदहरुले उपसमितिको प्रतिवेदनमाथि प्रश्न उठाएका थिए । 

समितिमा कुनै सहमति जुट्न नसकेपछि सभापति भरतकुमार शाहले अनौपचारिक परामर्श गर्ने गरी सोमवार ११ बजेसम्मका लागि स्थगित भएको हो ।

वइडबडी खरिदमा अनियमितता भएको देखिएपछि पर्यटनमन्त्री रविन्द्र अधिकारी र गृहसचिव प्रेम राईलाई गरिएको कारबाही सिफारिसमा नेकपाका अधिकांश सांसदहरुले लेखा समिति बैठकमा प्रश्न उठाएका थिए । 

नेकपाका सांसदहरु अमनलाल मोदी र सूर्य पाठकले तीनलाई एउटै सिफारिस गर्नुपर्ने बताए । 

साथै वाइडबडी खरिद अनियमितताको मेन डिजाइनर वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकार भएकोले तीनलाई एउटै कारबाही हुनुपर्ने नेकपा सांसद पाठकले बताए । 

उनले भने, गृहसचिव राईलाई उकास्नलाई समान कारबाही सिफारिस गरिएकोमा असहमति जनाए भने कांग्रेस सांसद मिलेन्द्र रिजाल र सभापति शाहले भने प्रतिवेदनको मुलमर्मलाई ध्यानमा दिँदै मत राख्नुपर्ने बताए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?