संसारकै सबैभन्दा ठूलो आत्महत्या, ९ सय भन्दा धेरैले किन गुमाए ज्यान?

एजेन्सी । छिमेकी देश भारतको राजधानी दिल्लीको बुराडीमा केही महिना पहिले एउटा अनौठो घटना भएको थियो । अन्धविश्वासमा विश्वास राख्ने ११ जना व्यक्तिले एकसाथ आत्महत्या गरेका थिए । उक्त घटना अहिले पनि रहस्य बनेको छ ।

अर्को विश्वास नलाग्ने खबर त के फैलिएको छ भने अमेरिकाको गुयानाको जोसटाउनमा एकसाथ ९ सय जनाले आत्महत्या गरेका थिए । यो कुरा धेरैलाई विश्वास नलागे पनि वास्तविकता भएको बताइन्छ ।

उनीहरुले आत्महत्या गर्नुको कारण अन्धविश्वास हो । यो घटनालाई अहिलेसम्मकै सबैभन्दा भयावह घटना मानिएको छ । उनीहरुले एकसाथ विष पिएर आत्महत्या गरेका थिए । अझ विष पिउन इन्कार गर्नेलाई जबरजस्ती विष पिलाइएको थियो ।

एजेन्सीका अनुसार यो घटना ४० वर्ष पहिलेको हो । सन् १०७८ मा यस्तो घटना भएको थियो । यद्यपि यो घटनाको कारण जिम जोन्स नामक धर्मगुरुको हात थियो ।

उनले आफूलाई भगवानको अवतार बताएका थिए । ती धर्मगुरुले आफ्नो राज्य फैलाउनलाई मान्छेको मद्दतबाट पिपल्स टेम्पल नामको एक चर्च पनि बनाएका थिए । उनले आफ्नो धार्मिक कुराका आधारमा अन्धविश्वासको दममा हजारौँ मान्छेलाई आफ्नो अनुयायी बनाएका थिए ।

जिम जोन्सले आफ्ना अनुयायीलाई दिनभर काम गराउँथे । जब अनुयायीहरु थाकेर लखतरान भएर सुत्न जाने तयारी गर्थे, तब उनले भाषण दिन थाल्थे । यस दौरान उनका सिपाही घर–घरमा गएर पनि अनुयायीलाई लिने गर्थे । यदि कोही सुतेको थाहा पाए भने सजाय दिने गर्थे । उनका सिपाहीहरुले पूरै गाउँलाई चारैतिरबाट घेरेका थिए ताकि यहाँबाट कोही भागेर जान नसकून् । यसबीच अमेरिकी सरकारको यो गतिविधिका बारेमा थाहा भयो । र, सरकारले कारवाही गर्ने सोच बनायो ।

यता जिम जोन्सलाई पनि यसको बारेमा थाहा भयो । र, उनले आफ्ना अनुयायीलाई एकै ठाउँमा लिएर अमेरिकी सरकार हामी सबैलाई मार्न आइरहेको र बरु आफूहरु गोलीसँग चल्नुभन्दा पहिले सबैले पवित्र जल खानुपर्ने बताए । उनले भने, ‘यसो गर्दा हामी गोलीको पीडाबाट बच्न सक्छौँ ।’

जिमले ती अनुयायीको बुद्धि भुटे । उनले विष मिसाएर खतरनाक ड्रिक्स बनाए । र सबैलाई पिलाए । यसकारण एक अन्धविश्वासीको चक्करमा परेर ९ सय जनाले एकसाथ ज्यान गुमाए ।
यो घटनालाई अहिलेसम्म पनि ठूलो नरसंहार मान्ने गरिन्छ । जिम जोन्सले सबैको लाश एकठाउँ बनाएर आफूमाथि गोली चलाएको बताइन्छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?