पृथ्वी जयन्तीमा सार्वजनिक बिदा नदिनु निन्दनीयः नेता केसी

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुन नरसिंह केसीले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा नदिइनु दुःखद र निन्दनीय भएको बताएका छन् । 

नेपाल अर्बुद रोग निवारण संस्थाको २८औँ राष्ट्रियसभामा बोल्लै केसीले सरकारले १३ दिन बिदा थप गर्ने प्रस्ताव गर्दा पनि पृथ्वी जयन्तीलाई समावेश नगर्नु दुःखद भएको धारणा राखे । उनले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाइनु पर्ने धारणा राख्दै सरकारले त्यसप्रति वेवास्ता गर्नु समग्र जनमत र राष्ट्रिय एकताकै अपमान भएको टिप्पणी गरे । 

‘०७६ सालका लागि थप गरिने प्रस्तावित सार्वजनिक बिदाहरूका विवरण पेश गर्न गठित समितिले १३ दिन बिदा बढाउँदा पनि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समावेश नहुनु दुःखद र निन्दनीय मात्र हैन जनमत र राष्ट्रिय एकताको घोर अपमान हो, आफूलाई राष्ट्रवादी ठान्ने सरकारले यस्तो गर्नु निन्दनीय’ केसीले भने । 

आफू स्वास्थ्य सम्बन्धी कार्यक्रममा सहभागि भएपनि यो विषय उठाउन बाध्य भएको केसीको भनाई थियो । 

सो अवसमारमा नेता केसीले आफू स्वास्थ्यमन्त्री हुँदा नेपाल अर्बुद रोग निवारण संस्था स्थापनाका लागि सहयोग गरेको स्मरण गरे । त्यसपछि मात्रै भक्तपुर क्यान्सर अस्पतालले गति लिएको उनको भनाई थियो । 

केसीले अर्बुद रोग न्यूनीकरणका लागि निरोधात्मक र प्रचारात्मक अभियानलाई सशक्त बनाउनुपर्नेमा पनि सो क्रममा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?