काठमाडौं । प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको टोलीले ८३ लाख ५७ हजार रुपैयाँसहित चार जना हुण्डी कारोबारीलाई नियन्त्रणमा लिएको छ ।
जनकपुर उपमहानगरपालिका– ११ स्थित किशोरी नगरमा रहेको रामेश्वर शाहको घरमा अवैध कारोबार हुने गरेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरीले सो नगदसहित हुण्डी कारोबारीलाई पक्राउ गरेको हो ।
दुई नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख हरि पालका अनुसार पक्राउ पर्नेमा भारत मधुवनी बासोपट्टी बस्ने सन्तोष महतो र नरेश महतो तथा जनकपुर उपमहानथरपालिका १९ का विजय यादव, वडा नम्बर २ का मोख्तार महमद रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट विभिन्न बैंका ३० थान चेक, बैंक भौचर र हुण्डी कारोबारको लागि प्रयोग भएका हिुाव खाताका साथै ६ थान मोबाइल बरामद गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया