हिउँले ढाकियो चन्द्रागिरी, केबलकारबाटै पुगेर खेल्न सकिने

काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा हिमपात भएको छ । राजधानीमा बिहानदेखि वर्षा हुन भएसँगै चन्द्रागिरीमा हिउँ परेको हो ।

सोमवार बिहानदेखि काठमाडौं उपत्यकासहित देशभरका केही स्थानमा पानी पर्नुका साथै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको हो ।  

जल तथा मौसम विज्ञान विभागका अनुसार सोमवार काठमाडौं उपत्यकासहित देशभरका केही स्थानमा पानी पर्नुका साथै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको हो । 

त्यस्तै काठमाडौंको चन्द्रागिरीमा हिमपात भएको छ । 

साथै कर्णलीका हुम्ला, जुम्लालगायतका स्थानमा पनि हिमपात भएको छ । 

पश्चिमी वायुका कारण मौसम बदली भई पानी तथा हिमपात भएको मौसमविद शान्ति कँडेलले जानकारी दिइन् । 

यसैगरी आज राती देशको पश्चिमी भू–भागमा आंशिक बदली भइ मध्य र पूर्वी भू–भागमा सामान्य बदली हल्का पानी पर्ने पूर्वानुमान माहाशाखाले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?