उपाधि होडमा रहेको बार्सिलोनालाई पाँच अंकको अग्रता, एथ्लेटिको म्याड्रिड र सेभिल्ला बराबरीमा रोकियो

एजेन्सी । उपाधि होडमा रहेको बार्सिलोनाले जारी स्पेनिस ला लिग फुटलबमा पाँच अंकको अग्रता लिएको छ । 

आइतवार राति सम्पन्न भएको खेलमा बार्सिलोनाले गेटाफेलाई २-१ गोल अन्तरले पराजित गरेको हो । खेलको २० औँ मिनेटमा बार्सिलोनाका लागि लियोनेल मेस्सीले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

त्यस्तै ३९ औँ मिनेटमा लुइस स्वारेजले गोल गर्दै क्लबको अग्रतालाई दोब्बर पारे । प्रतिस्पर्धात्मक खेलको ४३ औँ मिनेटमा गेटाफेका लागि जेमी माटाले गोल गर्दै खेललाई २-१ को स्थितीमा ल्याए । दोस्रो हाफमा भने बार्सिलोनाले थप गोल गर्न सकेन ।

जितपछि बार्सिलोनाले १८ खेलबाट ४० अंक बनाएको छ । 

त्यस्तै आइतवार राति नै भएको एथ्लेटिको म्याड्रिड र सेभिल्लाबीचको खेल भने एक-एक गोलको बराबरीमा सकिएको छ । बराबरीपछि ३५ अंक बनाएको म्याड्रिड लिगको दोस्रो स्थानमा छ र बार्सिलोनाभन्दा ५ अंकले पछाडि रहेको छ ।

यता लिगको तेस्रो स्थानमा रहेको सेभिल्लाको ३३ अंक छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?