कति पुग्यो सुनको मूल्य ?

काठमाडौं । सुनको मूल्य आज (सोमवार) पनि स्थिर रहेको छ । आइतवार मूल्य ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको हो । 

अघिल्लो दिन पनि यहि मूल्यमा कारोबार भएको थियो ।  तेजावी सुन भने प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यस्तै आज चाँदी तोलामा ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?