यूएईको कारागारमा २ सय नेपाली

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईमा २ सय नेपालीले कारागार जीवन बिताइ रहेका छन् । 

अबुधावीस्थित नेपाली दूतावासका अनुसार यूएईका विभिन्न ८ जेलमा १ सय ८८ जना पुरुष र १२ जना महिलाले कारागार जीवन बिताइरहेको जनाएको छ । 

यूएईका विभिन्न जेल परेका नेपालीहरु मद्यपान, लागूऔषध सेवन एवं ओसारपसार, झैझगडा चोरी, हत्या किर्ते कागजात बनाउने लगायतका अपराधमा आरोपित पाइएको राजदूताबासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

दूताबासले जारी गरेको विज्ञप्तिमा सारजाह सेन्टल जेलमा १० जना, दुवई सेन्टल जेलमा ६८, अजमा सेन्टल जेलमा ४ जना, रस अल खैइमा सेन्टल जेलमा ४ जना, फुजेरा सेन्टल जेलमा एक जना र अल अइन जेलमा १४ जना नेपाली रहेका उल्लेख छ । 

सबैभन्दा बढी अल अथ्वा सेन्टल जेलमा ९८ जना नेपाली रहेको दूताबासले जनाएको छ । 

त्यस्तै मद्यपान  सेवन, मापसे र झैझगडा सम्बन्धि मुद्दामा १ सय १६ जना, चोरी, डाँका तथा अपहरण सम्बन्धि मुद्दामा २० जना, हत्या सम्बन्धि मुद्दामा १२ जना, बलात्कार एवं व्यभिचारी मुद्दामा ८ जना, कागजात किर्तेमा ७ जना, लागू औषध सम्बन्धि मुद्दामा ५ जना, अरुको सम्पत्तिमा क्षति पुर्याएको तथा दुव्र्यवहार ओभर स्टे, लगायतका विविध मुद्दामा २२ जनाले सजाय भोगिरहेको विज्ञप्तिमा लेखिएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?