सामाखुशीमा माइक्रोबस दुर्घटना, एकको मृत्यु, ४ घाइते

काठमाडौं । काठमाडौंको सामाखुशीमा बा१ज ९७६६ नं.को माइक्रोबस दुर्घटना भएको छ । 

कलंकीदेखि थली जाँदै गरेको माइक्रोबस दुर्घटना भएको हो  । 

दुर्घटनामा धुम्बाराहीकी सिता दाहालको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । 

५५ वर्षीया दाहालको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रमुख मोहन केसीले लोकपथलाई जानकारी दिए ।

घाइते हुनेहरुमा सपना राई, सावित्री अधिकारी, सुसिल अधिकारी र लक्ष्मी सापकोटा रहेका छन् । 

त्यस्तै घाइतेमध्ये तीन जनाको अलनेपाल अस्पतालमा उपचार भइरहेको छ भने लक्ष्मी सापकोटाको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको प्रहरी प्रमुख केसीले बताए  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?