कर्मचारी समायोजन अध्यादेशमाथि प्रश्न उठाउनु गलत : मन्त्री पण्डित

काठमाडौं । सरकारले कर्मचारी समायोजन अध्यादेशमा प्रश्न उठाउनु गलत भएको बताएको छ ।

सोमवार राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन अध्यादेशमा अब प्रश्न उठाउन उपयुक्त नहुने बताएका हुन् ।

उनले भने, ‘कर्मचारी समायोजन अध्यादेशमा अब प्रश्न उठाउन उपयुक्त हुँदैन । केही अप्ठेरो भए समस्या समाधान गर्ने बाटो अध्यादेशमै छ, त्यहीँबाट समाधान गर्न सकिन्छ । मूल चासो वृत्तिविकासको हो, ढोका बन्द गरिएको छैन ।’

उनले थप्दै भने, ‘समायोजन एक पटक हुने हो, अन्तर प्रदेश अन्तर स्थानीय तहमा सरुवा हुनसक्छ, तर स्थानीय तहबाट प्रदेश र प्रदेशबाट केन्द्रमा सरुवा हुने भन्ने हुँदैन, संविधानअनुसार परिवर्तनलाई समातेर कर्मचारी समायोजन हुन्छ ।’

छिट्टै संघीय निजामती ऐन आउने सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भने, त्यसपछि प्रदेश र स्थानीय तहको निजामती ऐनको नमुना कानून पनि ल्याइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?