‘ब्याचलर बन्टी’ अनमोलले किन छोडे?

काठमाडौं । फिल्म ‘क्याप्टेन’ को छायांकन चलिरहेका बेला अनमोल केसीले ‘ब्याचलर बन्टी’ फिल्म साइन गरेका थिए । ‘ए मेरो हजुर २’ लगत्तै ‘ब्याचलर बन्टी’ मा पनि उनले काम गर्ने बताइएको थियो ।

अहिले आएर अनमोलले यो फिल्म नखेल्ने भएका छन् । उनले यो फिल्म नखेल्ने मिडियालाई बताएका छन् ।

फिल्ममा आफ्नो भूमिका खासै मन नपरेकाले अनमोलले फिल्म छोडेका हुन् । योसँगै उनले एडभान्सवापत लिएको १० लाख रुपैयाँ पनि फिर्ता गर्नेछन् ।

निर्माण टिमले फिल्मको रिलिज मिति सार्वजनिक गरिसकेको थियो । अनमोलले बताएअनुसार फिल्मको भूमिका उनलाई खासै चित्त बुझेन । निर्देशक मिलन चाम्स र लेखक प्रदीप भारद्वाजले अनमोलले चाहेझैँ गरेर फिल्मको कथा चेन्ज गर्नमा चासो देखाएनन् ।

अहिले भने उनले अन्य फिल्म साइन गरेका छैनन् । केही समयपछि अर्को फिल्म साइन गर्ने उनले बताए ।

फिल्ममा उकुसा गिरीसँग अनमोलले फिल्म खेल्ने पक्का भएको थियो । तर, फिल्म शूटिङमा जाने हल्ला चलिरहेका बेला उनले यो फिल्म नखेल्ने बताएका हुन् । अनमोलले पहिलोपटक आफूले साइन गरेको फिल्मबाट हात झिकेका हुन् ।

‘ब्याचलर बन्टी’ मा अब अनमोलको साटो पल शाहले काम गर्ने सम्भावना बढेको छ । चाम्सकै फिल्म ‘वीर विक्रम २’ मा पनि पल शाहलाई लिढ रोलमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?