कपिल शर्माले साँच्चिकै कम पारिश्रमिक पाए?

काठमाडौं । स्टार कमेडियन कपिल शर्माको बारेमा खबर थियो कि, कपिल शर्मा शोको लागि नयाँ सिजनका लागि उनले आफ्नो पारिश्रमिक कम दिइएको थियो । यो खबरको हल्ला बलिउड हुँदै विश्वभर भएका कपिलका फ्यानसम्म पुगेको थियो ।

भारतीय मिडियाका अनुसार पहिले कपिल शर्माले एक शोका लागि ६० देखि ७० लाखसम्म लिने गर्थे । तर, अहिले भने उनलाई जम्मा १७ देखि २० लाख दिइएको हल्ला थियो । यसका अलावा फिल्मको एपिसोडमा अन्य कलाकार कृष्णा अभिषेक र भारती सिंहको पनि पारिश्रमिक काटिएको छ ।

अहिले कमेडियन कृष्णाले पारिश्रमिक काटिएको कुरा झुठो भएको बताएका छन् । उनले भने, ‘सबै कलाकारलाई राम्रो पारिश्रमिक दिइएको छ, हामी सबै एकसाथ काम गरेर खुशी छौँ ।’

साथै उनले पैसा सेकेन्डरी चीज भएको पनि धारणा राखेका छन् ।

साथै अर्को के जानकारी पनि आएको थियो भने, सलमान खानले नै यो शो निर्माण गर्दैछन् । त्यसैले पनि कलाकारको फी कम हुने छैन ।

सलमान खानको बलिउडका गडफादर पनि भन्ने गरिन्छ । उनले तमाम कलाकारलाई हिन्दी फिल्म क्षेत्रमा लन्च गरिसकेका छन् । उनी सधै कलाकारको सपोर्टमा रहने गर्छन् । कैयन् पटक सलमान खानको फिल्म फ्लप हुँदा वितरकलाई पनि पैसा फिर्ता दिने गर्छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?