एन्टा कप टेबल टेनिस च्याम्पियनसिप स्थगित

काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा हुने प्रथम एन्टा कप जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगिता केहि समयका लागि स्थगित गरिएको छ । 

यहि पुस २६ देखि २८ गतेसम्म हुने भनिएको प्रतियोगिता प्राविधिक कारणले माघ ६ देखि ८ गतेलाई सारिएको संयोजक धर्ममान वज्राचार्यले जानकारी दिए । त्यस्तै राष्ट्रिय रेफ्री प्रशिक्षण पनि माघ ५ देखि ८ गतेलाई तोकिएको छ ।

प्रतियोगिता र प्रशिक्षण दुवै पूर्व निर्धारित स्थान लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?