अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पाको राजीनामा

काठमाडौं । मानव बेचविखनमा संलग्न रहेको आरोप लागेकी राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छिन्।

राजदूत शेर्पा अष्ट्रेलियाका लागि नेपाली राजदूत  हुन् । शेर्पामाथि छानबिन चलिरहेको छ । 

शेर्पाका सवारी चालक वाङ्छु शेर्पाले उनीमाथि मानव बेचविखनमा संलग्न रहेको आरोप लगाएका थिए। शेर्पामाथि सवारी चालक वाङ्छु शेर्पाले आफूलाई अष्ट्रेलिया लैजान राजदूत शेर्पाले रकम लिएको आरोप लगाएका हुन् । 

परराष्ट्रले शेर्पालाई स्पष्टीकरण सोधेको थियो तर उनको लिखित स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै मन्त्रालयले समिति नै गठन गरी छानबिनका लागि उनलाई काठमाडौं बोलाएको थियो।

शेर्पाले भने चालकलाई कामबाट निकाला गरेपछि आफूविरुद्ध आरोप लगाइएको बताउँदै आएकी छिन् ।

यसैबिच सोमबारको मन्त्रिपरिषद् बैठकले शेर्पालाई बर्खास्त गरेको भन्ने समाचार सञ्चारमाध्यममा समाचार प्रशारण भएको थियो। तर, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले समाचारको खण्डन गर्दै राजदूत शेर्पाका विषयमा कुनैपनि निर्णय नभएको स्पष्ट पारेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?