युवाले मागे पर्यटनमन्त्रीको राजीनामा, भने, ‘लाज बाँकी भए राजनीति त्याग !’

काठमाडौं । ‘वाइडबडी घोटाला प्रकरण’ ले यतिबेला सिंगो देशको ध्यानाकर्षण गरेको छ । घोटालामा मन्त्री, पूर्वमन्त्री लगायत अन्य उच्च स्तरीय पदाधिकारीहरुको पनि संलग्नता भएको कुरा बाहिरिएपछि विषय झनै जनतामा आक्रोश र निराशा बढेको हो ।

सांसद राजन केसीको संयोजकत्वमा गठित संसदीय उपसमितिले वाइडबडी खरिद प्रक्रियामा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको ठहर सहितको प्रतिवेदन लेखा समितिमा पेश गरेको थियो । उक्त प्रतिवेदनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी लगायत पूर्वमन्त्रीहरु समेत घोटलामा संलग्न भएको उल्लेख गरिएको थियो ।

मन्त्री अधिकारीले यस प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्टीकरण दिएतापनि यति बेला मिडिया लगायत सामाजिक सञ्जालमा उनको चर्को आलोचना भइरहेको छ ।

यस विषयमा सर्वसाधारणहरुको धारणा के छ ? अनुसन्धानबाट कस्तो अपेक्षा गरिरहेका छन् जनता ? दोषीले कस्तो सजाय पाउनुपर्छ ? भनेर प्रश्न गर्दा सर्वसाधारणहरुले आफ्नो आक्रोश पोखेका छन् ।

देशका प्रनिधिहरुको यस्तो प्रवृत्तिदेखि रुष्ट सर्वसाधारणले मन्त्री अधिकारीको राजीनामा माग गरेका छन् । त्यस्तै धेरैजनाले फेरिपनि आफ्नो भोटको दुरुपयोग भएको भन्दै सरकारलाई ‘निर्लज्ज र निष्क्रिय’को संज्ञा समेत दिएका छन् ।

लोकपथकर्मी प्रेरणा तिमील्सिनाले बटुलेको आजको भ्वाइस अफ यूथ हेर्न तलको लिंकमा क्लिक गर्नुहोस् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?