खुकुरी देखाएर धम्काउँदै हिँड्ने पक्राउ

भक्तपुर । मादक पदार्थ सेवन गरी खुकुरी देखाइ हिँड्ने २ जनालाई महानगरीय प्रहरी वृत्त जगतिले पक्राउ गरेको छ ।

भक्तपुर नगरपलिका १० भत्केको पाटीमा यही २४ गते बिहान ०९ः३० बजे मादक पदार्थ सेवन गरी खुकुरी देखाइ हिँड्ने बौद्ध बस्ने दोलखाका छिरिङ लामा र भक्तपुर नगरपालिका १० कमलविनायक बस्ने प्रेम बहादुर तामाङलाई कमल विनायकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?