मनाङ मर्स्याङ्दीको अप्रत्यासित हार

काठमाडौं । पल्सर शहीद स्मारक ए डिभिजन लिगको अन्तिम खेलमा मनाङ मर्स्याङ्दी फ्रेण्ड्स क्लबसँग १–० गोल अन्तरले पराजित भएको छ ।

सातदोबाटोको एन्फा कम्प्लेक्समा  आयोजित उक्त खेलमा फ्रेण्ड्स क्लबका विकास लामाले इन्जुरी टाइममा आफ्नो टिमलाई विजयी गोल दिलाउन सफल भए ।

लिगको अन्तिम दुई खेल अघि नै आफूलाई च्याम्पियन बनाउन सफल मनाङ मस्र्याङ्दीको यो अप्रत्यासित हार हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?