‘पुरानो बुलेट’ को प्रिमियर हङकङमा

काठमाडौं । अभिनेता अनुपविक्रम शाही स्टारर फिल्म ‘पुरानो बुलेट’ यतिबेला पोस्ट प्रोडक्सनको क्रममा रहेको छ । नेपालमा चैत्र १ गतेबाट प्रदर्शनमा आउने यो चलचित्र विदेशमा पनि प्रदर्शन हुने पक्का भएको छ । निर्माण टिमको दाबीअनुसार यो फिल्म हङकङमा पहिलोपटक प्रदर्शन हुने भएको हो ।

फिल्मलाई हङकङमा यही वर्षको फेब्रुअरी २३ तारिकमा रिलिज गरिने निर्माण टिमले जनाएको छ । फिल्म साँझ ६ बजे याउमातेईस्थित कम्युनिटी हलमा रिलिज हुनेछ ।

हेल्प फर ह्युमनिटी (न्यानो काख अभियान) को सहयोगार्थ प्रदर्शन गरिन लागेको यो फिल्मको पहिलो शोमा उठेको रकम अभियानका लागि उपलब्ध गराइनेछ ।

अनुपविक्रमसँगै वर्षा शिवाकोटीको पनि मुख्य भूमिका रहेको यो फिल्ममा माला लिम्बु, कविता आलो, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई, बादल श्रेष्ठ, करण धिताल, युडी गुप्ता लगायतका कलाकारहरुको पनि अभिनय छ । सन्तोष राई कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा अशोककुमार राई, विरेन साम्बा, टिकाराम राई, दिपेन लिम्बु छन् ।

फिल्मलाई हरी घले लामाले खिचेका हुन् भने भिसन राईले निर्देशन गरेका हुन् । फिल्मको सम्पुर्णजसो छायाँकन पुर्वी नेपालमा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?