‘रणवीर’ को पोस्टरमा सुशील, सुपुष्पा र सुभेच्छा

काठमाडौं । पछिल्लो समय चर्चामा रहेको फिल्म ‘रणवीर’ ले फिल्मको रिलिज नजिकिँदै गर्दा पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा सुशीललाई दुई नायिका सुभेच्छा खड्का र सुपुष्पासँग प्रस्तुत गरिएको छ । फिल्ममा तीन पात्रको माया र सम्बन्धलाई प्रस्तुत गराउन खोजेको बुझिन्छ ।

यस्तै पोस्टरमा फिल्ममा खलनायकको भूमिका निभाएका प्रशान्त ताम्राकार पनि देखिएका छन् । यही फिल्मबाट सुभेच्छा र सुपुष्मा नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्दैछन् ।

निर्माण टिमका अनुुसार फिल्मको कथा बुझाउने गरी पोस्टर तयार पारिएको हो । यो फिल्मको अभिनयका लागि नायक सुशीलले ६ महिना कडा मेहनत गरेका थिए ।

महङ्गो बजेटमा तयार गरिएको भनिएको यो फिल्मलाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् । 

फिल्ममा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्दसिंह भण्डारीको छ भने रवि गिरी, नरेश पौडेल, हरिहर शर्मा , टिका पहाडी लगायतका कलाकारको पनि अभिनय रहेको छ । यस्तै फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?