काठमाडौं । लोकसेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) नायव सुब्बा वा सो सरहको पदहरुमा बुधबार दरखास्त आह्वान छ ।
आयोगको विभिन्न कार्यालयबाट न्याय, परराष्ट्र, लेखापरीक्षण र व्यवस्थापिका संसद सेवामा ठूलो संख्यामा कर्मचारी माग गरिएको हो ।
खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने कार्यक्रमअनुसार प्रथम पत्रको लिखित परीक्षा आगामी फागुन १८ गते हुने छ भने द्धितीय पत्र वैशाख ७ गते हुनेछ ।
यस्तै तेस्रो र चतुर्थ पत्रको परीक्षा क्रमशः वैशाख ७ र ८ गते हुने सूचनामा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया