एनआईसी एशिया बैंकलाई आई एस ओ ९००१ː २०१५ प्रमाणपत्र

काठमाडौं । विश्वासिलो, आधुनिक र सहज बैंकिङ सेवा प्रदान गरेर आमजनमानसको मन जित्न सफल एनआईसी एशिया बैंक लिमिटेडले पुनःअर्को गरिमा मय प्रमाणपत्र पाउन सफल भएको छ ।

यस बैंकले पछिल्लो पटक ‘अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ː २०१५’पाउन सफल भएको छ । यस्तो अवार्ड  United Registrar  या  System-URS_UKAS-UK ले प्रदान गर्ने गर्दछ ।

पछिल्लो समय बैंकले विभिन्न ग्राहक मुखि योजना, आफ्नो सबल चुस्त व्यवस्थापन, वस्तु तथा सेवाको गुणस्तर, उपभोक्ता सन्तुष्टि, सुशासन साथै प्रणालीगत व्यवस्थापकिय क्षमतामा आधारित सेवा आदिमा राम्रो सुधार गर्दै उत्कृष्ट सेवादिन सफल भएकाले नै यो अन्तर्राष्ट्रिय स्तरको प्रमाणपत्र पाउन बैंक सफल भएको छ ।

यस बैंक शाखा सञ्जाल, ग्राहक संख्या, वासलातको आकार आदिको हिसाबमा पनि अग्रणी बैंक बन्न सफल भइसकेको छ । हाल यस बैंकले २७० शाखा कार्यालय, २८९ एटीएम काउण्टर, ३७ वटाएक्सटेन्सन काउण्टर एंव २२ वटा शाखा रहित बैंकिङ इकाइ मार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय एवं आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ । 

हाल यस बैंकको वासलातको आकार रू. २१५ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १६९ अर्ब तथा कर्जा रू. १४६ अर्ब पुगिसकेको छ । हालसम्म ग्राहक संख्या करिब १४ लाख पु-याउन सफल भइसकेको यस बैंकले सरकारको नीतिअनुरूप नेपालका दूरदराजमा समेत शाखाकार्यालय स्थापना गरेर ग्रामीण क्षेत्रका जनतालाई पनि बैंकिङ पहुँचमा ल्याउन अभियान नै चलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?