एक दशकदेखि कोमामा रहेकी महिला कसरी बनिन् आमा ?

एजेन्सी । अमेरिकाको एरिजोनामा निक्कै आश्चर्य जनक घटना घटेको छ ।

एक दशकदेखि कोमामा रहेकी एक युवतीले स्वस्थ्य बच्चालाई जन्म दिएपछि संसारभर नै चर्चाको विषय बनेको छ । प्रहरीका अनुसार बिरामी युवतीमाथि यौन शोषण भएको बताइएको छ । अहिले यो विषयमा प्रहरीले अहिले अनुसन्धान शुरु गरिरहेको छ ।

विरामी युवती फिनीक्स क्षेत्र नजिकै होसिडा हेल्थकेयर सेन्टरमा भर्ना भएकी थिइन् । उनलाई २४ औँ घण्टा नर्सहरुले हेरचाह गरिरहेकी छिन् । हेसिडा हेल्थकेयरले बिरामीको बारेमा धेरै जानकारी नदिएपछि यो घटनाप्रति दुःख लागेको जानकारी दिएको छ । 

उक्त बिरामी महिलाले भने स्वस्थ्य नवजात शिशुलाई जन्म दिएकी छिन । हेल्थकेयरका अनुसार बिरामी महिला गर्भवती भएको जानकारी नभएको बताएको छ । फिनीक्सका एक प्रहरीले भने, ‘यस बारेमा थप अनुसन्धान भइरहेको छ ।’ 

बिरामी महिलाले गत डिसेम्बर २९ तारिखमा बच्चालाई जन्म दिएकी थिइन् । अमेरिकाको एक पत्रकारका अनुसार हेल्थकियर नर्सहरुलाई उनी गर्भवती रहेको कुनै जानकारी नै थिएन्, जति बेला उनले बच्चालाई जन्म दिइन्, तव सबै जना चकित परेका थिए ।’

प्रहरीका अनुसार बिरामी महिलालाई भेट्ने क्रममा यौन शोषन भएको बताइएको छ । ‘बिरामी महिलालाई भेट्न प्रायः सबै मानिसहरु आउथे, उनलाई रेखदेखको सबै जरुरी पथ्यो, त्यहि क्रममा उनी गर्भवती भएको हुनसक्छ’, प्रहरीको एक सदस्यले बताए । 

यो घटनापछि हेल्थकेयरले आफनो केही नियमहरु परिवर्तन गरेको छ । लागु गरिएको नयाँ नियमानुसार बिरामी महिलालाई भेट्न आउने पुरुष एक्लैले भेट्न पाउदैनन् । पुरुषसागै हेल्थकेयरको एक स्टाफ पनिसँगै जाने बताइएको छ ।  

होसिडा हेल्थकियरले एक विज्ञप्ती जारी गदै भनेको छ, ‘हामीले यो घटनाको बारेमा भर्खरै जानकारी पायो, एक कोमा रहेकी बिरामीमाथि यस्तो घटना हुँदा हामी हेल्थकेयर सेन्टर माफी चाहन्छौँ, आफ्नो बिरामीको सुरक्षा र स्वास्थ्यको ख्याल राख्नु हाम्रोे लागि सबै भन्दा महत्वपुर्ण काम हो ।’

हेल्थकेयर सेन्टरका प्रवक्ता डेबिड लीबोविट्सले घट्नाको चाडै अनुसन्धान गरि वास्तविक कुरालाई बाहिर ल्याउन प्रहरीलाई आग्रह गरेका छन् । साथै यो विषयमा अनुसन्धान गर्न एरिजोना स्वास्थ्य विभागले टिम गठन गरेको पनि बताइएको छ ।

गठन गरिएको अनुसन्धान टिमले अस्पतालमा पुगेर चाडै अनुसन्धान गर्ने जानकारी दिएको छ । 

बीबीसीबाट अनुवादित

 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?