स्वर्ण पदकधारी महेश्वरलाई दिइने सम्मान रकम खेलकुद मन्त्रालयबाट पारित हुन बाँकी छ : उपाध्यक्ष तिम्सिना

काठमाडौं । नेपाल सरकारले स्वर्ण पदकधारी महेश्वर महर्जनलाई ७ लाख रुपैयाँसहित सम्मान गर्ने भएको छ । 

विश्व शारीरिक सुगठन तथा फिजिकल स्पोर्टस च्याम्पियनसिपमा स्वर्ण पदक जित्दै नेपालको नाम उचो बनाएको भन्दै उनलाई नगदसहित सम्मान गर्न लागिएको बताइएको छ । राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’ले स्वर्ण पदकधारी महर्जनलाई सम्मान गर्ने तयारी भइरहेको बताए । 

यता राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष तिम्सिनाले दिएको जानकारी अनुसार महर्जनलाई ७ लाख रुपैयाँ दिने तय भइसकेको बताए ।

‘महर्जनलाई ७ लाख रुपैयाँ नगदसहित सम्मान गर्ने भनिएको छ, तर कहिले सम्मान गर्ने मिती तय भइसकेको छैन, खेलकुद मन्त्रालयबाट अझै घोषणा गरिएको सम्मान रकम पारित भइसकेको छैन,’ उनले भने । 

महर्जनले थाईल्याण्डको चाङमईमा भएको १० औँ विश्व च्याम्पियनसिप अन्तर्गत पुरुष ७५ केजी तौल समुहमा स्वर्ण पदक जितेका थिए । ऐतिहासिक पदक विजेता महर्जन भने विभिन्न संघ संस्थाबाट सम्मानित भइसकेका छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?