परराष्ट्रमन्त्री ज्ञवाली दिल्लीमा, राइसिना डायलगमा मन्तव्य राख्ने

नयाँदिल्ली । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवाली राइसिना डायलगको चौथो संस्करणमा सहभागि हुन आज नयाँदिल्ली आइपुगेका छन् । 

बिहीवार बिहान नयाँदिल्ली आइपुगेका परराष्ट्रमन्त्री ज्ञवालीले दिल्लीस्थित ताज प्यालेस होटलमा शुरु हुने राइसिना डायलगको चौथो संस्करणमा मन्तव्य दिने कार्यक्रम छ । 

राइसिना डायलगमा सहभागी हुनुभन्दा अघि मन्त्री ज्ञवालीले भारतीय विदेश मन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गर्दै छन् । 

भारतको विदेश मन्त्रालयमा हुने दिवाभोजसहितको भेटमा नेपाल र भारतबीचका दुईपक्षिय विषयमा छलफल हुने बताइएको छ ।

त्यस्तै आजै हुने विदेश मन्त्रीस्तरिय औपचारिक बैठक बस्दै छ । सो बैठक नेपालमा केपी शर्मा ओलि नेतृत्वको सरकार गठन भए यता दिल्लीमा पहिलोपटक हुन लागेको हो । 

मन्त्री ज्ञवाली शुक्रबार नै स्वदेश फर्किने छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?