हत्यारालाई प्रेमपत्रदेखी विकिनीवाला फोटोसम्म,  अपराधीसँग किन प्रेममा पर्छन् महिलाहरु ?

अमेरिकाको कोलोराडोमा बस्ने क्रिस्टोफर वाट्सले पछिल्लो वर्ष अगस्ट महिनाको एकदिन अचानक थाहा पाए कि उनकी गर्भवती श्रीमती र दुई छोरी घरबाट गायब छन् ।

त्यस लगत्तै उनले विभिन्न मिडियामार्फत् आफ्नी बेपत्ता श्रीमती र छोरीहरुको मुक्तिका लागि अपहरणकारीसँग बिन्ती बिसाए ।

३३ वर्षे वाट्सले टेलिभिजनमा यसरी निरीह अवस्थामा बिन्ती बिसाइरहँदा उनी सबैका निमित्त दयाका पात्र बने । सहानुभूतिको नजरले हेरिरहेका आँखाले उनको कमजोरी खुट्याउन सकेन ।

किनभने टिभीमार्फत् आफ्नो गुनासो पोखिरहँदा उनको बोली र आँखाले एक अर्काको भाव पक्रिन सकिरहेको थिएन । तर, बोली र हाउभाउको यो असुहाउँदिलो तालमेललाई क्यामेराले ठ्याक्कै पक्रियो ।

उनको षड्यन्त्रकारी अभिनयलाई शुरुमा त्यति वास्ता नगरिए तापनि केही दिनपश्चात् सोही महिनाको अन्त्यमा पुलिस यो निष्कर्षमा पुग्यो कि आफ्नी श्रीमती र छोरीहरुको हत्या स्वयम् वाट्सले नै गरेका हुन् ।

वाट्सले पनि आफ्नो अपराध स्वीकारे । पुलिसले उनकी छोरीहरुको शव तेलको ट्यांकीबाट बरामद गर्यो ।  भने श्रीमतीको लाश पनि नजिकैको एक खाल्डोमा भेटियो ।

अपराध स्वीकारेको केही हप्तामै वाट्सलाई तीनवटा हत्याको अभियोगमा जन्मकैदको सजाय सुनाइयो ।

***

जेलमा पाएको प्रेमपत्र….. 

अपराधी सावित भइसकेपछि मिडियामा उनको चर्को आलोचना भयो । आफैँले हत्या गरेर आफैँ निर्दोष बन्न यतिसम्मको जालझेल गर्ने ? मानिसहरुले आक्रोशित प्रश्नहरु तेर्साए । तर, आश्चर्यको कुरा के थियो भने केही दिनपछि वाट्सको नाममा जेलमै प्रेमपत्रहरु आउन थाले । त्यो पनि एक या दुईवटा होइन दर्जनौं ।

प्रेमपत्रमा अक्सर लेखिएको हुन्थ्यो ‘म तिम्रै बारेमा सोचिरहन्छु’, मैले तिम्रो अन्तर्वाता हेरेँ अनि तिमीप्रति आकर्षित हुन थालें’, ‘कहीं न कहीं मलाई लाग्छ कि तिमी राम्रो मान्छे हौ’ । एउटी महिलाले त आफूले बिकिनी लगाएको फोटो समेत पठाएकी थिइन् ।

प्रेमपत्रमा अक्सर लेखिएको हुन्थ्यो ‘म तिम्रै बारेमा सोचिरहन्छु’, मैले तिम्रो अन्तर्वाता हेरेँ अनि तिमीप्रति आकर्षित हुन थालें’, ‘कहीं न कहीं मलाई लाग्छ कि तिमी राम्रो मान्छे हौ’ ।

यी सबै पत्रसँगै महिलाहरुले आफ्नो तस्वीर पनि पठाएका थिए । एउटी महिलाले त आफूले बिकिनी लगाएको फोटो समेत पठाएकी थिइन् ।

वाशिंगटन पोस्टमा प्रकाशित रिपोर्ट अनुसार यी महिलाहरुमध्ये एक महिलाले आफ्नो प्रेमपत्रमा ह्यासट्याग #TEAMCHRIS र #LOVEHIM को प्रयोग पनि गरेकी छिन् । त्यसैगरी अर्की महिलाले आफ्नो प्रेमपत्र मा लेखेकी छिन् कि उनी त्यो पत्र लेखिरहँदा एकदमै डराएकी छिन् किनकी त्यो उनको जीवनकै पहिलो प्रेमपत्र हो ।

प्रेमपत्र पाउने हत्यारामा क्रिस्टोफर पहिलो भने होइनन् । यसअघि पनि यस्ता कैयौं घटनाहरु भइसकेका छन् ।

७० औं दशकमा टेड बंडी नामक एक अपराधीलाई हत्याको आरोपमा फाँसीको सजाय सुनाइएको थियो । उनको नाममा पनि कैयौं अपरिचित महिलाहरुले प्रेमपत्र लेखेका थिए ।

त्यस्तै लस एन्जलसमा एक परिवारको हत्या गर्ने समूहका चाल्र्स मैनसनको नाममा पनि यस्ता प्रेमपत्रहरु आउने गरेका थिए ।

***

प्रश्न यो उठ्छ कि आखिर हत्याराप्रति महिलाहरु किन आकर्षित हुन्छन् ?

यसको मूख्य कारण ‘हाइब्रिस्टोफिलिया’ नामक मानसिक अवस्था भएको मनोवैज्ञानिकहरु बताउँछन् । ‘हाइब्रिस्टोफिलिया’ मनोवैज्ञानिक अवस्था हो जसमा महिलालाई हत्या, हिंसा वा कुनै पनि प्रकारको अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिप्रति यौनाकर्षण हुन्छ । फेरि यसरी पत्र लेख्ने सबै महिला ‘हाइब्रिस्टोफिलिया’ संक्रमित भने नहुन पनि सक्छन् । यसको पछाडि अन्य कारण पनि हुन सक्छ भनेर मनोवैज्ञानिकहरुको अनुमान छ ।

‘वुमन लब मेन हु किल’ र ‘अमेन्डो : अ क्रिमिनल’ जस्ता किताब लेखिसकेकी लेखिका शीला इसनवर्ग यस विषयमा भन्छिन्, ‘यस्तो आकर्षणको कारण यो पनि हुनसक्छ कि महिलाहरु त्यस अपराधीको चर्चाप्रति आकर्षित होस् या मिडियामा उसले पाइरहेको कवरेजप्रति उनीहरु मोहित भएका हुन् ।’

इसनवर्गका अनुसार भलै त्यो अपराधीले निक्कै नै गलत काम गरेको होस् तर, उसले कुनै सेलिबे्रटी जति नै चर्चा पाइरहेको हुन्छ । उदाहरण दिँदै उनी प्रष्ट्याउँछिन्, महिलाले कुनै सेलिबे्रटीलाई पत्र लेख्दा उसले त्यो नपढ्न पनि सक्छ तर, अपराधीले त पढ्छ अनि जवाफ पनि दिने सम्भावना हुन्छ, यसो हुनाले ती महिलाले पनि सानोतिनो नाम कमाउँछिन् ।’

सुरक्षित सम्बन्ध ?

आफ्नो पहलो किताब लेख्नु अघि इसनवर्गले ३० भन्दा बढी यस्ता महिलाहरुसँग कुरा गरेकी थिइन् जसले हत्यारा या अपराधीसँग यौन सम्बन्ध राखेका थिए ।

यी सबै महिलामा एउटा कुरा के समान थियो भने उनीहरु हिंसाका शिकार थिए । आफ्नो परिवार या पार्टनरबाट कुनै न कुनै किसिमको हिंसा वा दुव्र्यवहार झेलिरहेका थिए ।

‘यी महिलाहरुलाई लाग्छ कि जेलमा भएका कैदीसँग यौन सम्बन्ध राख्दा उनीहरु पूर्ण रुपमा सुरक्षित हुन्छन् किनकी कैदी जेलमा बन्द हुने भएकाले उनीहरुलाई कुनै नोक्सान पुर्याउन  सक्दैनन् ।’

इसनवर्ग भन्छिन्, ‘यी महिलाहरुलाई लाग्छ कि जेलमा भएका कैदीसँग यौन सम्बन्ध राख्दा उनीहरु पूर्ण रुपमा सुरक्षित हुन्छन् किनकी कैदी जेलमा बन्द हुने भएकाले उनीहरुलाई कुनै नोक्सान पुर्याउन  सक्दैनन् ।’

आफ्नो पार्टनरको नराम्रो व्यवहारबाट पीडित महिलाहरु नै अक्सर यस्ता सम्बन्धमा रहन इच्छुक हुने इसनवर्गले बताइन् ।

उनका अनुसार, ‘यी महिलाहरुको मनमा आफ्नो पार्टनरप्रति रिस भरिएको हुन्छ तर, उनीहरुले आफ्नो कुण्ठालाई व्यक्त गर्न सकिरहेका हुँदैनन् जसकारण कुनै अपराधीसँग शारीरिक सम्बन्ध राख्दा उनीहरुलाई स्वतन्त्र महसुस हुन्छ ।’

यस्ता आकर्षण र सम्बन्धको बारेमा पेन्सिलवियास्थित डिसेल्स यूनिभर्सिटीकी प्रोफेसर कैथरीन रैम्सलैंड बताउँछिन् कि महिलाहरुमा कुनै पनि व्यक्तिलाई परिवर्तन गर्न सक्ने एउटा विशेष प्रवृत्ति हुन्छ । जस अनुरुप कतिपय अवस्थामा उनीहरु अपराधीको भित्र लुकेको ‘निर्दोषपन’लाई बुझ्न थाल्छन् र सोच्छन् कि आफ्नो मायाले ती अपराधीहरुलाई असल मानिसमा परिणत गर्न सकिन्छ ।

वाट्सले प्राप्त गरेका दर्जनौं प्रेमपत्रमध्ये केहीमा लेखिएको ‘कहीं न कहीं मलाई लाग्छ कि तिमी राम्रो मान्छे हौ’ भन्ने वाक्यले पनि यही सङ्केत गर्छ ।

कैथरीन जीव विज्ञानलाई पनि यस्ता सम्बन्धको एक कारक मान्छिन् ।

अनुसन्धानले बताएअनुसार स्तनधारी जीव पनि आकर्षित हुन्छन् जो स्वभावैले आक्रमक हुन्छन् । यही प्रवृत्ति मानवजातिमा पनि भएको हुनसक्छ ।

बलियो’ पुरुषप्रति महिलाहरु यसरी आकर्षित हुनुमा सामाजिक कारणहरुकोे भूमिका रहेको बताउँछिन् ।

इसनवर्ग भने ‘बलियो’ पुरुषप्रति महिलाहरु यसरी आकर्षित हुनुमा सामाजिक कारणहरुकोे भूमिका रहेको बताउँछिन् ।

भन्छिन्, ‘हाम्रो समाजले महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा हेर्दै आएको छ जसकारण उनीहरुलाई त्यस्तो पुरुष मनपर्छ जसले उनीहरुको रक्षा गर्न सकोस्, जो उनीहरुभन्दा बलियो होस् ।’

‘र, एउटा हत्यारा भन्दा शक्तिशाली को हुन्छ होला र ?’

नेपालको यो घटना ….
६ अप्रिल १९४४ मा भियतनामको साइगानमा जन्मिएका चाल्र्स शोभराज ले सन् १९६३ मा एसिया यात्राको क्रममा आफ्नो आपराधिक जीवनको सुरुवात गरे ।

‘सिरियल किलर’ विकिनी किलरका नाममा चिनिने उनी आफ्ना बुबाबाट अपमान सहेका कारण कुख्यात छोरा बनेर बाबुलाई आफूले अभिभावकत्व नदिनुको ग्लानी गराउने भन्दै आपराधिक घटना संलग्न थिए ।

उनले हरेक घटना एकै किसिमले गर्थे ।

 लागूपदार्थ प्रयोग गर्ने फ्रेन्च र अङ्ग्रेजीभाषी पर्यटकहरूसँग मित्रता गाँसी उनीहरूकै हत्या गर्ने शोभराजले १९७२ देखि १९८२ को बीचमा २० भन्दा बढी हत्या गरेको आरोपहरू लागेका थिए ।

उनीमाथि भारत, थाइल्याण्ड, नेपाल, टर्की र इरानमा हत्याका २० भन्दा धेरै आरोपहरू छन्

उनीमाथि भारत, थाइल्याण्ड, नेपाल, टर्की र इरानमा हत्याका २० भन्दा धेरै आरोपहरू छन् ।

 झुटो पासपोर्ट बनाएर यात्रा गरेको र एक जना क्यानडेली नागरिक साथै एक जना अमेरिकी महिलाको हत्या गरेको आरोप मा सन् २००३ मा उनलाई काठमाडौंको एक क्यासिनोबाट गिरफ्तार गरियो । शोभराज अहिले नेपालको कारागारमा बन्दी जीवन बिताइरहेका छन् ।

उनले नेपालको जेलमा रहेकै बेला नेपाली महिला निहिता विश्वासले दाबी गरिन्, उनको भनाई अनुसार उनको विवाह चाल्र्ससँग २०६५ को दसैंमा भएको थियो ।

शोभराज सुन्धाराको केन्द्रीय कारागारको गोलघरमा थुनिएकै बेला आफूले बिहे गरिसकेँ भन्दै घोषणा गरेकी निहिता विश्वास त्यतिखेर जम्माजम्मी २० वर्षकीमात्रै थिइन्।

शोभराजको उमेर त्यतिखेर ६४ वर्षको थियो।  

तर शोभराजको  यो पहिलो विवाह होईन न त पहिलो अफेयर्स नै । चाल्र्स विवाहित पुरुष हुन्।  उनकी एक छोरीसमेत छिन् । 

एक पत्रिकाले उनलाई जेलभित्रै प्रशन तेर्साएको थियो, ''तपाईं फोनमा पनि खुबै झुन्डिनुहुन्छ रे । कसलाई फोन गर्नुहुन्छ  ? ''

शोभराजको जवाफ यस्तो थियो '' धेरैजसो त निहितालाई नै गर्छु । केही समययता उनी मलाई भेट गर्न आएकी छैनन् । त्यसबाहेक संसारभर मेरा धेरै महिला साथी छन्, जो मलाई असाध्यै माया गर्छन् । उनीहरूसँग कुरा गर्छु । फोन पनि चाहेजति गर्न पाइँदैन । जेलमा अनेकन असुविधा छन् । त्यसका बारेमा मैले कानुनी लडाइँसमेत लडें, केहीमा सफलता पाएको छु । केही विषयमा अझै लडिरहेको छु ।''

***

‘र, एउटा हत्यारा भन्दा शक्तिशाली को हुन्छ होला र ?’

(एजेन्सीको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?