कमलादीस्थित दूरसञ्चार प्राधिकरणमा मन्त्री बास्कोटाको छड्के जाँच

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले कमलादीस्थित नेपाल दूरसञ्चार प्राधिकरणको कार्यालयमा छड्के जाँच गरेका छन् । 

बिहीवार बिहान १० बजे कमलादीस्थित दूरसञ्चार प्राधिकरणमा मन्त्री बास्कोटाले छड्के गरेका हुन् । 

मन्त्री बास्कोटा प्राधिकरणको कार्यालयभित्र छिर्दा लगभग दुई तिहाई कर्मचारी उपस्थित थिए । छड्के जाँच गर्न गएका मन्त्री बास्कोटाले सबै विभागहरुमा गएर फाइल पल्टाउन लगाउनुका साथै अदालत तथा सञ्चारमाध्यमा उठेको प्रश्नको जवाफ मागेका थिए । 

पछिल्लो समय विवाद र चर्चामा रहेका प्राधिकरणबाट भइरहेका कामबारे सञ्चारमाध्यमदेखि सर्वोच्च अदालसम्म प्रश्न उठेपछि विभागीय मन्त्रीका हिसाबले बास्कोटाले छड्के जाँच गरेका हुन् । 

मन्त्री बास्कोटाले प्रश्नको जवाफ मागेपछि अधिकांश विभागीय प्रमुखले जवाफ दिन नसकेपछि बास्कोटाले २४ घण्टे अल्मिेटमको दिएका छन् । 

उनीहरुलाई शुक्रवार अपरान्हसम्म सबै डकुमेन्ट र जवाफसहित मन्त्रालयमा उपस्थित हुन सम्बन्धित अधिकारीहरुलाई निर्देशन दिए । 

मन्त्री बास्कोटाले दूरसञ्चार प्राधिकरणको कार्यालयमा करीव एक घण्टाको अनुगमन र छड्के जाँच गरेका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?