नाभिदले नेपालविरुद्धको सिरिजको लागि युएईको कप्तानी गर्ने, नेपाली खेलाडी बन्द प्रशिक्षण व्यस्त

काठमाडौं । मोहम्मद नाभिदले संयुक्त अरब इमिरेट्स ‘युएई’को कप्तानी गर्ने भएका छन् । 

नेपालविरुद्धको तीन एकदिवसीय क्रिकेटको लागि युएई टिमको कप्तानीको भुमिका नाभिदले गर्ने भएका हुन् । युएई क्रिकेट बोर्डले १६ सदस्यीय टोलीको घोषणा गर्दै नाभिदलाई कप्तान चयन गरेको हो । 

नियमित कप्तान रोहन मुस्तफा निलम्बनमा परेपछि उनलाई नयाँ कप्तानीको भुमिका दिएका हुन् । 

यूएईको क्रिकेट बोर्डविरुद्ध बोलेको भन्दै मुस्तफा, अहमद राजा र रमीजशहजादलाई ८ साताको प्रतिबन्ध लगाइएको थियो । प्रतिबन्धित तीन जना खेलाडीले नेपालसँगको एकदिवसीय क्रिकेट गुमाउने छन् । 

आउँदो जनवरी २५ तारिखदेखि २८ सम्म नेपालले युएईविरुद्ध तीन एकदिवसीय क्रिकेट खेल्ने कार्यक्रम रहेको छ । त्यस्तै जनवरी ३१ देखि फेब्रुअरी ३ सम्म तीन टी—ट्वान्टी क्रिकेट खेल्नेछ । युएईसँगको एकदिवसीय र टी-ट्वान्टी क्रिकेटलाई मध्यनजरमा राख्दै नेपाली क्रिकेट टिमका खेलाडीहरु अहिले बन्द प्रशिक्षणमा छन् । 

युएई क्रिकेट बोर्डले घोषणा गरेको १६ सदस्यीय टोलीको नामावली 

मोहम्मद नाविद ‘कप्तान’
मोहम्मद उस्मान ‘उपकप्तान’ 
कदीर अहमद
जहूर खान
सुल्तान अहमद
फहद नवाज
गुलाम शब्बर
मोहम्मद बुटा
अब्दुल शकूर
सी.पी. रिजवान
ताहिर मुगल
चिराग सुरी
शमन अनवार
अमिर हयात
इमरान हैदर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?