चाँदनीले बजारमा ल्याइन् देउडा गीत (भिडियो)

काठमाडौं । गायिका चाँदनी मल्लले नयाँ देउडा गीत सार्वजनिक गरेकी छिन् । सुदुरपश्चिमतिर चर्चित देउडा शैलीको उक्त गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा चाँदनी मल्ल, शंकर सिंह विष्ट र राजेन्द्र बाजुरालीको स्वर रहेको उक्त गीतमा झपट रावल र राजेन्द्र शाहका शब्द रहेका छन् । यस्तै गीतको भिडियोमा भीमा थापाको निर्देशन रहेको छ ।

शंकर सिंह विष्ट र चाँदनी मल्ललाई फिचरिङ गरिएको गीतको भिडियोलाई विरेन्द्र भाटले निर्देशन गरेका हुन् भने हरिष महराले खिचेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?