ओलीको शुभकामना सन्देशमा पृथ्वीनारायण शाहको तारीफ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २९७ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पृथ्वीनारायण शाहको प्रशंसा गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जाने भन्दै पृथ्वीनारायण शाहको प्रशंसा गरेका हुन् ।

२९७ औं पृथ्वी जयन्तीको अवसरमा शुक्रवार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भने, ‘उहाँको एकीकरण अभियान अत्यन्त समयानुकूल थियो । पृथ्वीनारायणले शुरु नगरेको भए वा शुरु गरिसकेपछि पनि एकीकरण अभियान सफल नभएको भए स्वाधीन, सार्वभौम, आधुनिक राष्ट्रका रूपमा विश्वमानचित्रमा नेपाल उम्भिनै सक्ने थिएन ।’ 

‘राष्ट्र एकीकरणको त्यो महाअभियान सफल नभएको भए त्यसबेला विश्वव्यापी रूपमा छाएको उपनिवेशवादको प्रभावबाट हाम्रो देश जोगिने थिएन’ शुभकामना सन्देशमा लेखिएको छ । 

नेपालको भौगोलिक एकीकरण गरी भाषिक, जातीय, सांस्कृतिकलगायतका अनेक विविधताका मजबुत एकताका आधार तयार पृथ्वीनारायणले नै तयार पारेको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘अनेकताबीचको एकताको गौरवमय परम्पराको बिजारोपण पृथ्वीनारायणकै अगुवाइमा भएको हो, संसारका अधिकांश देश उपनिवेशवादको चङ्गुलमा परेका बेला पनि स्वतन्त्र र सार्वभौम राष्ट्रका रूपमा नेपालको उदय गराउने पृथ्वीनारायण शाहको योगदान बिर्सन नसकिने बताए ।’ 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?