बेलायती मर्रेले खेल जीवनबाट सन्यास लिने

एजेन्सी । बेलायती एन्डी मर्रेले सक्रिय खेल जीवनबाट सन्यास लिने बताएका छन् । 

साथै उनले अर्को साताबाट शुरु हुने अस्ट्रेलियन ओपन टेनिस च्याम्पियनसिप पश्चात खेल जीवनबाट सन्यास लिने बताएका हुन् । तीन पटकका ग्राण्डस्लाम विजेता मर्रे हिपको शल्यक्रिया पछि खेलमा फर्कने तयारी गरिरहेका छन् । 

पत्रकारसँग कुरा गर्दै मर्रेले भने, ‘मलाई थाँहा छ, म अब राम्रोसँग खेल्न सक्दिन्, म यो दुखाईसँगै खेल जीवनलाई अगाडि बढाउन सक्दिन् ।’

३१ वर्षे मेर्रे अस्ट्रेलियन ओपन टेनिस खेल्न मेलबर्न पुगेका थिए । तर, घाइते भएकै कारण खेल जीवनलाई पूर्णविराम लगाउन लागेको पनि बताए । ‘म विम्बल्डन टेनिससम्म खेल्न चाहन्छु, तर यो मेरो लागि सम्भब छैन’, उनले भावुक हुँदै भने ।

मुर्रेले अस्ट्रेलियन ओपन टेनिसको पहिलो चरणको खेलमा २२ औँ वरियताका स्पेनी रोबेर्टो बौटिस्टासँग प्रतिस्पर्धा गर्नेछ ।

पूर्व विश्व नम्बर एक मुर्रेले गत वर्षको जनवरीमा दाहिने हिपको शल्यक्रिया गरेका थिए । शल्यक्रिया गरेको ५ महिनापछि कोर्टमा फर्किएका थिए । 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?