अमेरिकी उपमहान्यायाधिवक्ताको पनि राजिनामा

वासिङ्टन डिसि । अमेरिकी उच्च अधिकारीहरुले राजिनामा दिने क्रममा उप महान्यायाधिवक्ताले पनि राजिनामा दिने भएका छन् । 

निर्वाचनका बेला रुसको संलग्नताका बारेमा अनुसन्धान गर्ने जिम्मेवारीमा रहेका उप महान्यायाधिवक्ता रोड रोसेन्स्टैनले राजिनामा दिन लागेका हुन् ।   

महान्यायाधिवक्तामा मनोनित विलियम बारले पनि राजिनामा दिने अपेक्षा गरिएको विभिन्न सञ्चार माध्यमहरुले जनाएका छन् । 

तर उनलाई राजिनामा दिन दवाव नपरेकाले उनले राजिनामा नदिएको पनि समाचारमा उल्लेख छ ।

 उपमहान्यायधिवक्ता रोसेन्स्टेनले भने राजिनामा दिने आफ्नो निर्णयका बारेमा ह्वाईट हाउस र राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी गराईसकेको बताएका छन् । 

ट्रम्पले यसअघिका महान्यायाधिवक्ता जेफ सेसन्सलाई पनि बर्खास्त गरेका थिए । सेसन्सले राष्ट्रपतिसमक्ष दिएको राजीनामामा महान्यायाधिवक्ताको पद छाड्ने निर्णय आफ्नो नभएको स्पष्ट पारेका थिए । उनले राष्ट्रपतिको आग्रहमा आफूले राजीनामा दिन लागेको उल्लेख गरेका थिए ।  

विगत केही महिनाको अवधिमा दर्जन भन्दा बढी उच्च पदस्थ सरकारी अधिकारीहरूले राष्ट्रपति ट्रम्पसँगको सहकार्य तोडिसकेका छन् । 

कतिपयलाई राष्ट्रपति ट्रम्पले निस्कासन गर्नु भएको हो भने कतिपयले काम गर्न नचाहेको भन्दै पद त्याग गरेका छन् । 

गृह मन्त्री रयन जिङ्क, राष्ट्रसंघका लागि अमेरिकी प्रतिनिधि निक्की हेली, रक्षा मन्त्री जेम्स माटिस, विदेश मन्त्रालयका मुख्य कर्मचारी रेयर एड्माइरल केभीन स्विनीलगायतले गत केही महिनामा राजिनामा दिएका छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?